काठमाडौं । अर्थमन्त्री प्रकाशशरण डा. महतले मुलुकको आर्थिक वृद्धिदर बढाउन सबैको सहयोग आवश्यक हुने उल्लेख गरेका छन् ।
मन्त्री महतले शनिबार आयोजित आर्थिक परिसंवाद कार्यक्रममा सरकारको आर्थिक नीति र मौद्रिक नीतिको प्रमुख लक्ष्य आर्थिक वृद्धि गर्ने भएको बताए । मुलुकको आर्थिक वृद्धिदर बढाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
उनले ५० करोड आवश्यक पर्ने आयोजनामा ५ लाख रुपैयाँ राखेर स्रोतको सुनिश्चितता भयो भनरे ठेक्का लगाएको अवस्था रहेको भन्दै अब सरकारले आगामी बजेटमा स्रोत सुनिश्चितता नभएका आयोजना नसमेट्ने बताए ।
अर्थमन्त्री महतले करिब ४ खर्ब रुपैयाँ बराबरका स्रोत सुनिश्चिता नभएका आयोजनाहरु ठेक्का लागे पनि आयोजना बनाउने अहिलेसम्म स्रोत नभएको उल्लेख गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-