काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नै सबै वामपन्थी दलबीच एकता हुने सम्भव नरहेको प्रष्ट पारेका छन् ।
उनले आज ललितपुरको गोदावरीथित सनराइज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै यस्तो प्रष्टीकरण दिएका हुन् ।
उनले भने, ‘अहिले हामी सहकार्यको माध्यामबाट निकट हुँदै जान्छौं। अहिले सहकार्यको माध्यामबाट अगाडि बढ्छौ। र क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं। त्यस बिन्दुमा पुग्न सक्छां। तर अहिलेनै एकीकरण गरौं, देशभरीका सबै मिलौं भन्ने हो भने फुटेका किन थियौंरु के भएर फुटेका थियौँ ?’
प्रतिक्रिया लेख्नुहोस्:-