काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु आवश्यक भएको बताएका छन् ।
उनले आइतबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलन स् उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने बताए ।
प्रधानमन्त्रीले भने, “सही विचार र नीतिका आधारमा कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने कुरा जारी राख्नु पर्दछ । अहिले हामी त्यही प्रक्रियामा छौँ । जनवादी केन्द्रीयताको सिद्धान्तविरुद्ध रहेकाहरू कम्युनिस्ट एकताको पक्षमा छैनन् । हामी अहिले पनि एकताकै पक्षमा छौँ ।”
प्रतिक्रिया लेख्नुहोस्:-