काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायतका विषयमा छलफल भएको बताइएको छ।
त्यस्तै आगामी आर्थिक वर्षको बजेटका साथै सरकारको नीति तथा कार्यक्रममा विषयमा पनि छलफल भएको बुझिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-