Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रदेशसभाको बैठकमा सरकारको ध्यानाकर्षण

बैशाख ११, २०७५ ३:५८ मा प्रकाशित
प्रदेशसभाको बैठकमा सरकारको ध्यानाकर्षण

aLkL sf]O{/fnf :jf:Yo lj1fg k|lti7fgsf] d'Vo k|zf;lgs ejg . t:jL/ M ofd k|wfg, /f;;, O6x/L

Share on FacebookShare on Twitter

विराटनगर, ११ वैशाख / प्रदेश नं १ को आज बसेको प्रदेशसभा बैठकका अधिकाँश सदस्यले पूर्वी क्षेत्रमा रहेका नदी कटान समस्या, कोशी टप्पु आरक्षण र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका अनियमितताका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

झापा जिल्ला क्षेत्र नं ३ हल्दीबारी लगायतमा ल्याण्डलाइन टेलिफोन सुविधा उपलब्ध गराउनुपर्ने बताउँदै उनीहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई कानून बनाई नागरिकता वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उनीहरुले जोगवनी–किमाथाङका सडक निर्माणमा विस्फोटन पदार्थका प्रयोग गरी दु्रत गतिमा कार्य गर्नुपर्नेलगायत अरुण नदीमा आउने तीर्थयात्रीलाई बसोबासको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कोशी टप्पु आरक्षणभित्र चरणका लागि आउने करिब ५० हजार घरपालुवा चौपाया नियन्त्रण गरी सो क्षेत्रमा जंगल सफारीको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनीहरुले नियम विपरीत सञ्चालित क्रसर उद्योगको अनुगमनका लागि प्रदेशसभाका सदस्यको अनुगमन टोली बनाउनुपर्ने तथा १७ वटा खोलाको मुहानमा तटबन्ध निर्माण गर्न सरकारले अविलम्ब कार्य गर्नुपर्ने माग गर्नुभयो ।

त्यस्तै विराटनगर–धरान ६ लेन सडक निर्माणमा एकरुपता हुनुपर्नेमा जोड दिदैं उनीहरुले इटहरीमा आकाशे पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य उपकरण खरीदमा भएको रु ६ करोडका अनियमितताका सम्बन्धमा छानबिन गर्नुपर्ने र धरानमा खानेपानीको समुचित व्यवस्था गर्नुपर्नेमा जोड दिदैं उनीहरुले यातायात कार्यालय इटहरीबाट सर्वसाधारणले सहजरुपमा सवारी चालक अनुमति पत्र पाउनुपर्ने तथा अलैँची बिक्री–वितरणका लागि थप बजार खोज्नुपर्ने बताउनुभयो ।

उनीहरुले पूर्वी पहाडी जिल्लामा पर्यटक वृद्धिका लागि पशुपतिनगरमा अध्यागमन कार्यालयको स्थापना गर्नुपर्ने, प्लान्ट क्वारेण्टाइन, पशु चेकपोस्ट र छोटी भन्सारको क्षेत्राधिकार वृद्धि गर्नुपर्नेलगायतका माग गर्दै उनीहरुले पूर्वी पहाडी जिल्लाका जनताको सुविधाका लागि धरानमा निर्माण गरिने विमानस्थलका लागि थप ९३ बिघा जग्गा खोज्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी धरानमा रहेको खहरे खोलामा तटबन्ध निर्माण गरी मानव बस्ती जोगाउन उनीहरुले सरकारसँग आग्रह पनि गर्नुभयो ।

यसरी आग्रह गर्नेहरुमा प्रदेशसभा सदस्यहरु पूर्णप्रसाद राजवंशी, बिमल कार्की, उपेन्द्रप्रसाद घिमिरे, सर्वध्वज साँव, चन्द्रप्रसाद श्रेष्ठ, ज्योति सुब्बाल, खिनुलाम्वा लिम्बू र उदिता विक रहनुभएको छ ।

प्रदेशसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ । रासस

सम्बन्धित समाचार

नवराज विक हत्यामा अदालतद्वारा २३ जनालाई जन्मकैदको सजाय
ट्रेन्डिंग न्यूज्

नवराज विक हत्यामा अदालतद्वारा २३ जनालाई जन्मकैदको सजाय

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा
ट्रेन्डिंग न्यूज्

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला
मुख्य समाचार

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने
ट्रेन्डिंग न्यूज्

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने

आजबाट द्रुत बस सेवा पुनः सुचारु
ट्रेन्डिंग न्यूज्

आजबाट द्रुत बस सेवा पुनः सुचारु

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
ट्रेन्डिंग न्यूज्

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result