काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतले सिंहदरबार, बालुवाटार र शीतल निवासमा जम्मा भएको फोहोर उठाउन दिएको आदेश पालना गर्ने बताएका छन् ।
संघीय सरकारले सहयोग नगरेको भन्दै केही दिनबाट उक्त स्थानहरुको फोहोर उठाइएको छैन। महानगरले फोहोर नउठाएपछि सर्वोच्चमा रिट परेको थियो। उक्त रिटमा सुनुवाइ गर्दै अदालतले फोहोर उठाउन महानगरलाई आदेश गरेको छ।
सोही विषयलाई लिएर मेयर बालेनले सामाजिक सञ्जालमार्फत आदेश पालना गर्ने तर संघीय सरकारले पनि महानगरको पक्षमा गरिएका फैसालाहरु कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-