काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु जातीय राजनीतिमा विश्वास नगर्ने प्रष्टीकरण दिएका छन् ।
गृहमन्त्री समेत रहेका उनले बुधबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘बरु चुनाव हारौँला तर गलत प्रवृत्तिलाई प्रोत्साहित गर्ने राजनीति गर्दैनौँ। बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एकल पहिचानले हित गर्दैन’ उनले भने। रास्वपाले सबैभन्दा बढी पहिचानको मुद्दालाई व्यवहारमा उतारेको उनको भनाइ थियो।
प्रतिक्रिया लेख्नुहोस्:-