काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन आजसम्म देशभर ७१ हजारभन्दा बढी जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे ७ बजे सम्ममा ७१ हजार २ सय ३७ मनोनयन दर्ता गराएका हुन्।
यस मध्ये नगर प्रमुखमा २ हजार १ सय १८ जना र उपप्रमुखमा १ हजार ३ सय १८ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षमा २ हजार २ सय २१ जना र उपाध्यक्षमा १ हजार ५ सय ४४ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।
वडा अध्यक्षमा १७ हजार ७ सय १ जना, दलित महिला सदस्यमा १० हजार ३ सय ७१, सदस्यमा २४ हजार ३ सय ९ जनाको उम्मेदवारी परेको हो।
प्रतिक्रिया लेख्नुहोस्:-