काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले आगामी वर्षको बजेटमा जनमुखी कार्यक्रमहरू समेट्न सुझाव दिएका छन् । बजेट निर्माणको तयारी भइरहेका बेला त्यसबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बोलाएको संसदीय दलको बैठकमा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।
सोमबार र मंगलबारको बैठकमा उठेका सवालहरूमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिएका थिए भने मुलुकको अर्थतन्त्र, बजेट निर्माण र प्राथमिकताहरूका विषयमा जानकारी गराएका थिए ।
सांसद प्रतिमा गौतमले बैठकमा सांसदहरूले अर्थमन्त्री महतलाई बजेटमा मुलुकको अर्थतन्त्रमा सुधार र नागरिकलाई महसुस हुने खालका योजना र कार्यक्रमहरू समेट्न सुझाव दिएको बताइन् ।
मंगलबारको बैठकमा सांसदहरु तेजुमाल चौधरी, रामनाथ अधिकारी, लीला बोखिम, कुसुम थापामगर, रामकृष्ण यादव, सीता मिजार लगायत सांसदहरुले बोलेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-