काठमाडौं। मंगलबार सेयर बजारमा उच्च अंकले वृद्धि भएको छ । आज नेप्से १७.३६ अंकले वृद्धि भएको हो ।
मंगलबार बैंकिङ उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.९२ प्रतिशत र उत्पादनमूलक उपसूचक १.८२ प्रतिशतले वृद्धि भएको छ । सोमबार ७५ करोडमा सीमिति भएको कारोबार रकम मंगलबार बढेर ८८ करोड ५६ लाख रुपैयाँ पुगेको हो ।
मंगलबार सेयर बजारमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १६८ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ४४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको भने स्थिर रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-