काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। विहीबार भएको मतदानमा उनको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत खसेको छ।
मुख्यमन्त्री कँडेललाई माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका ९ र एकीकृत समाजवादीका एक जनाको मत पाएका हुन् । ४० सदस्यीय प्रदेश सभाको बैठकमा ३५ जना उपस्थित भई मतदानमा सहभागी भएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-