काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सुधार गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।
मन्त्री महतले बुधबार राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिँदै अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताए।
‘अर्थतन्त्रमा देखिएको समस्या अहिलेको सरकारले वा अघिल्ला सरकारले मात्रै सिर्जना गरेको समस्या होइन। यो परिवेश कसरी विकास भयो र कहाँ–कहाँ सुधारको आवश्यकता छ भनेर हामीले सामूहिकरूपमा समाधानतर्फ जानुपर्छ’, अर्थमन्त्री महतले भने, ‘अहिलेको आवश्यकता भनेको अर्थतन्त्रलाई गति दिनका लागि सरकार र बाहिर बसेका सबै दलको साझा दृष्टिकोण बन्न जरुरी छ। त्यसमा हामी सहकार्य गरेर अगाडि बढ्नुपर्दछ।’
प्रतिक्रिया लेख्नुहोस्:-