काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरेका छन्।
मन्त्री श्रेष्ठले बुधबार संसद बैठकलाई सम्बोधन गर्दै काठमाडौंको शान्तिवाटिकामा मिटरब्या पिडितमाथि प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरेका हुन्।
श्रेष्ठले जुनसुकै कारणले मिटरब्याज पीडितमाथि बल प्रयोग गरे पनि त्यो गल्ती भएको भन्दै माफी मागेका छन्। ४ वैशाखमा सिंहदरबार घेराउ कार्यक्रममा जान लागेका मिटरब्याज पीडितलाई शान्तिवाटिकामा प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो।
आफूले त्यसै दिन विहान बल प्रयोग नगर्न निर्देशन दिएको तर सुरक्षाकर्मीको फिल्ड कमाण्डरसम्म ठीक ढंगले समन्वय नहुँदा बल प्रयोग गरेर गल्ती भएको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-