काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा सुरक्षा चुनौती बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार सिंहदरबारमा एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुलुकको शान्तिसुरक्षामा अत्यन्त ठूलो चुनौती देखापरेको भन्दै शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न ध्यानाकर्षण गराएका हुन् ।
झापामा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास भएको र उक्त घटनामा संलग्नलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याई कारवाही गर्न ध्यानाकर्षण गराइएको एमाले नेता राजन भट्टराईले बताए । उनले यस्ता प्रवृत्तिहरूलाई राज्यकै तर्फबाट स्वयं प्रधानमन्त्रीले प्रोत्साहन गर्न खोजेको देखिएको आरोप लगाए ।
प्रतिक्रिया लेख्नुहोस्:-