काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिसम्बन्धी काम गर्न क्रान्तिकारी निर्णय लिन आवश्यक भएको बताएका छन् ।
उनले विहीबार राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोहीबमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन दिएका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री दाहालले भने, “भूमि व्यवस्थाको दीर्घकालीन समाधान आवश्यक छ। यसपटक मैले मन्त्रिपरिषद्को बैठकबाट भूमिसम्बन्धी केही क्रान्तिकारी निर्णय लिने सोंच बनाएको छु। पटक–पटक उही समस्या बल्झिएर भूमिसम्बन्धी समस्या भूमरीमा पर्नुहुँदैन। हामीले वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्छ।”
प्रतिक्रिया लेख्नुहोस्:-