हेटौडा,१५ वैशाख/ प्रदेश न. ३ को राजधानी राख्न उपयुक्त स्थलको अध्ययन गर्न बनेको समितिमा विज्ञ र वर्तमान राजधानी मकवानपुरका सांसद बिना बनेको अध्ययन समितिको जन सरोकार केन्द्र, मकवानपुरले विरोध गरेको छ । केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै सम्भाव्यता अध्ययन गर्ने कुरा सभासदवाट भन्दा विषय विज्ञहरूबाट हुनु पर्नेमा सभासद्लाई मात्रै समितिमा राख्ने कुराले सत्य तथ्य अध्ययन हुन सक्दैन भन्दै विरोध जनाएको छ ।
विज्ञप्तिको अगाडी भनिएको छ,”प्रदेश न. ३ राजधानीको सम्भाव्यता अध्ययन गर्ने समितिमा राजधानी रहेको मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद् नपर्नुले समिति अधुरो समेत रहेको र यसले गर्ने अध्ययनको निश्पक्षतामा समेत शङ्का रहने हुनाले विषय विज्ञहरू र मकवानपुर जिल्लाका सभासद् समेत पर्ने गरी राजधानी सम्भाव्यता अध्ययन समिति बनाउन सम्बन्धित निकाएको ध्यानाकर्षण छ ।”
हेटौडालाइ नेपालको संविधान २०७२ को धारा २८८(३) बमोजिम प्रदेश न. ३ को राजधानी तोकिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-