काठमाडौं । विभिन्न स्थानीय तहमा पार्टीको आधिकारिक निर्णयविना वागी उठेका उम्मेदवारहरुको उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गर्न सत्तागठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिको बैठक जारी छ। कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वकोछलफल अहिले भइरहेको छ।
बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ। बैठकमा गठबन्धन दलबाट परेका स्वतन्त्र उम्मेदवारी फिर्ता गराउनेलगाायतका विषयमा छलफल भइरहेको समितिका एक सदस्यले जानकारी दिए। सत्तारुढ दलले भागबण्डाका आधारमा मात्रै उम्मेदवारी दिने र अरु दलले टिकट पाउने दलको उम्मेदवारलाई सहयोग गर्ने निर्णयलाई कतिपय नेताले नमानेकै कारण समस्या आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-