काठमाडौं । शुक्रबार बसेको प्रतिनिधिसभाले विभिन्न १० वटा विषयगत समिति गठन गरेको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुले सिफारिस गरेअनुसारको नाम सदस्यमा प्रस्ताव गरेका हुन् ।
प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरुमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-