काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको पदपूर्ति गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ । आइतबार बारका पदाधिकारीसहित कानुन व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि रिक्त रहेको पद हालसम्म पूर्ति हुन सकेको छैन ।
बारले यसअघि नै प्रधानमन्त्रीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यथाशीघ्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो । बारको चेतावनीपछि संवैधानिक परिषद्को बैठक बसेको थियो । तर, उक्त बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-