काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त गरेको छ। तेस्रो बरियतामा रहेका सिंह आफूभन्दा सिनियरलाई पाखा लगाउँदै आइजिपी बन्न सफल भएका हुन् ।
गृह मन्त्रलायले पहिलो नम्बरमा विश्वराज पोखरेललाई आईजीपीका लागि सिफारिस गरेपनि वरीयता क्रममा तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्री देउवाको दबाबमा आईजीपी नियुक्त गरिएको हो ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बसेको थियो । बैठकमा आईजीपी नियुक्तिको विषयमा छलफल भएको थियो । छलफलको क्रममा वरियताक्रम अनुसार पोखरेललाई नै नेपाल प्रहरीको आईजीपीमा नियुक्त गर्न सुझाव दिइएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-