काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहिरहे देश छिट्टै टाट पल्टिने टिप्पणी गरेका छन्।
मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराए।
राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए।
देश बर्बादीतिर जाँदैछ भनेर बुझ्नु परेको ओलीले उल्लेख गरे। खनिजजन्य, खानीजन्य उद्योगहरु, उत्पादनहरु ठप्प प्रायः भएको उल्लेख गर्दै ओलीले अरु औद्योगिक क्षेत्र पनि बर्बाद भएको दाबी गरे।
प्रतिक्रिया लेख्नुहोस्:-