सानफ्रानसिस्को । उत्तर क्यालिफोर्निया बस्ने नेपालीहरुको संस्था एनएएनसीको अगुवाईमा बनाउने भनिएको नेपाली सामुदायीक भवन निर्माण गर्ने बिषय पुन बिबादमा तानिएको छ । हिजो अर्थात आइतबार भर्चुअल रुपमा गरिएको साधारण सभाले नेपाली सामुदायीक भवन निर्माण समितिलाई स्वायत्त बनाउनु पर्ने मागलाई स्विकार गरेन ।
न्यान्सको पदाधिकारी र सञ्चालकहरुको निर्वाचन समेत नहुने भएको छ । यस अघि निर्वाचन प्रक्रियाबाट समिति चयन हुने बैधानिक ब्यबस्था थियो । साधारण सभाले बिधान संसोधन गर्दै समितिको अधिकार र प्रक्रियागत क्षेत्राधिकारलाई कटौती गर्दै न्यान्सका पदाधिकारी र सञ्चालकहरु मनोनित गर्ने ब्यबस्था मिलाएको हो ।
सानफ्रानसिस्को आसपासका सबै नेपाली संघ संस्थाको साझा प्रयासमा नेपाली सामुदायिक भवन निर्माणको काम गर्नु पर्ने हुँदा स्वायत्त संस्था बनाएर अगाडि बढ्नु पर्ने थुप्र्रै दाताहरुको माग रहेको छ । तर एनएएनसीले भने आफ्नो माताहतको एउटा प्रोजेक्ट मात्र भएकाले अहिले नै न्यान्सीलाई स्वायत्त गर्न नसकिने जिकिर गर्दै आएको छ । तर कतिपय दाताहरुले न्यान्सीलाई स्वायत्त नबनाएमा कबोल गरेको रकम समेत नदिने बताउर्दै आएका छन् । सामुदायिक भवन निर्माणका लागि दाताहरुले कबोल गरेको करिव १० लाख डलर उठ्न बाकी छ ।
दाताहरुले सहयोग कबोल गर्दा न्यान्सीलाई स्वायत्त बनाउने सर्त नभएका कारण अधिकांश रकम उठ्ने एनएएनसीका अध्यक्ष इश्वर सिटौलाको बिस्वासछ । सिटौलाले दूरबिन नेपालसँग कुरागर्दै भने “महापुराणमा दान सहयोग कबोल गर्दाको भिडियो अडियो रेकर्ड पनि हेर्न सकिन्छ, कसैले पनि न्यान्सीलाई स्वयक्त बनाए मात्र सहयोग गर्छौ भनेका छैनन् ।”
तीन बर्षमा कबोल गरेको ११ लाख डलर रकम उठाइसक्ने लक्ष भएपनि अधिकांश रकम उठेको छैन । सिटौला भन्छन् “पहिलो बर्ष केही आन्तरिक समस्या मिलाउँदा बित्यो अर्को एक बर्ष कोभिडको महामारीले गर्दा संकलनको काम गर्न सकिएन ।”
एनएएनसी र न्यान्सका थुप्रै पदाधिकारी र सन्चलकहरुले कबोल गरेको रकम संस्थामा बुझाएका छैनन् । जसको कारण रकम संक्रलन प्रक्रियामा कसैले पनि तदारुकता देखाउने गरेका छैनन् ।
प्रतिक्रिया लेख्नुहोस्:-