काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी आफ्ना एक साथीको विवाह समारोहमा सरिक हुन काठमाडौं आएका छन्। सोमबार अपराह्न साढे चार बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका स्रोतले बताएको छ।
बिदा मनाउन काठमाडौं आएको बताइए पनि खासमा उनी सीएननकी पूर्वसंवाददाता समेत रहेकी उनकी निकटतम् साथी सुम्निमा उदासको विवाह समारोहमा सरिक हुन आएका हुन्। सुम्निमा उदास वर्माका पूर्वराजदूत समेत रहेका गैरआवासीय नेपाली भीम उदासकी छोरी हुन्।
एक उच्चस्तरीय स्रोतका अनुसार सुम्निमा उदासको यसै साता निमा मार्टिन शेर्पासँग विवाह हुने कार्यक्रम तय भएको छ।
पत्रकारिता क्षेत्रबाट अन्तर्राष्ट्रिय ख्याति कमाएकी सुम्निमाले एक दशकभन्दा बढी समय अमेरिकी टेलिभिजन सीएनएनको संवाददाताको रुपमा काम गरेकी थिइन्। उनले न्यूयोर्क, भारत, हङकङलगायत विभिन्न ठाउँमा बसेर पत्रकारिता गरेकी छन्।
प्रतिक्रिया लेख्नुहोस्:-