Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काँग्रेसले पदाधिकारी मनोनयन गर्र्दै

बैशाख २१, २०७५ १०:५८ मा प्रकाशित
काँग्रेसले पदाधिकारी मनोनयन गर्र्दै
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ वैशाख / नेपाली काँग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा पदाधिकारी मनोनयनको कार्यसूची रहेको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्नुहुने र कार्यसमितिबाट त्यसलाई अनुमोदन गराउनुपर्ने केन्द्रीय सदस्य मीन विश्वकर्माले राससलाई जानकारी दिनुभयो ।

विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

आजको बैठकमा सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतको नाम प्रस्ताव गर्नुहुने संस्थापन पक्षका एक केन्द्रीय सदस्यले बताउनुभयो । उहाँका अनुसार यसअघि सभापति देउवाले सहमहामन्त्री पद नेता पौडेल पक्षलाई दिने मनसाय बनाएको भए पनि पार्टीभित्रको पछिल्लो घटनाक्रमले त्यसमा फेरबदल आएको हो ।

वरिष्ठ नेता पौडेल पक्षले भने महाधिवेशन भएको दुई महिनामा गर्नुपर्ने पदाधिकारी मनोनयन दुई वर्षसम्म पनि नगर्दाको अवस्थामा विधानको प्रावधानलाई समेत सम्बोधन गर्ने गरी सहमतिमै पदाधिकारी मनोनयन गर्दा राम्रो सन्देश जाने सुझाव दिएको छ ।

साथै मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदार र सो दलका नेतालाई समेत व्यवस्थापन गर्ने गरी निर्णय गर्नुपर्ने केन्द्रीय सदस्य दीलेन्द्र बडूको भनाइ छ ।

सभापति देउवाले भने तत्काल नेता गच्छदारलाई वरिष्ठ नेता पौडेलपछिको वरियतामा वरिष्ठ नेताको स्थान दिने तयारी गर्नुभएको छ । काँग्रेसको हालको विधानले निर्वाचित केन्द्रीय सदस्यलाई मात्र पदाधिकारीमा मनोनयन गर्न पाउने व्यवस्था गरेको छ ।

यसअघि पदाधिकारी मनोनयनका लागि निर्वाचित पदाधिकारी एवं सदस्यको बैठक यही वैशाख १७ गते बस्ने भनिएकामा विशेष कारणवस स्थगित भएपछि बैठक आजका लागि बोलाइएको हो ।

वरिष्ठ नेता पौडेल पक्षले केन्द्रीय कार्यसमिति बैठक अघि पदाधिकारी मनोनयन सम्बन्धमा आन्तरीक छलफल गर्दैछ भने सभापति देउवा पक्षले सबै पदाधिकारी आफ्नै पक्षबाट मनोनयन गर्ने तयारी गरेको छ ।

यस अघि पार्टी केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनमा पार्टी पराजयको जिम्मा कसले लिने भन्ने सम्बन्धमा पनि दुबै पक्षबीच विवाद भएको थियो । अन्ततः गत चैत ९ गतेदेखि वैशाख १६ सम्म चलेको समीक्षा बैठकले पार्टी प्रतिकूल भएको निर्वाचन परिणामको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय गरेको थियो ।

सो बैठकले काँग्रेसजिल्ला सभापति भेला आगामी जेठ अन्तिम सातामा आयोजना गर्ने, पार्टीको विधानलाई परिमार्जन एवं संशोधनलगायतका कार्य आगामी भदौमा हुने पार्टी महासमितिको बैठक गर्ने तयारी पनि गरेको छ । रासस

सम्बन्धित समाचार

विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नमिल्ने रास्वपाको ठहर
ट्रेन्डिंग न्यूज्

विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नमिल्ने रास्वपाको ठहर

सरकारले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि लगानी गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
ट्रेन्डिंग न्यूज्

नेपालमा सद्भाव र सहिष्णुतामाथि प्रहार भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

राप्रपाले निर्वाचन जितेमा भ्रष्टाचारीमाथि डोजर चलाउने राजेन्द्र लिङ्देनको दृढता
राजनीति

राप्रपाले सत्ताकेन्द्रित राजनीति नगर्ने अध्यक्ष लिङ्देनको जिकिर

हरिवशं आचार्य “सर्वोत्कृष्ट अभिनेता” घोषित
अमेरिका समाचार

हरिवशं आचार्य “सर्वोत्कृष्ट अभिनेता” घोषित

काठमाडौं  आइपुगे  एमसीसीका उपाध्यक्ष अलफोर्ड
ट्रेन्डिंग न्यूज्

काठमाडौं आइपुगे एमसीसीका उपाध्यक्ष अलफोर्ड

अहिलेको सत्ता गठबन्धन टुट्न सक्ने ओलीको शंका
राजनीति

सत्तापक्षले जबरजस्ती गरेको अध्यक्ष ओलीको आरोप

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result