Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डोल्पाका ज्येष्ठ नागरिकले भत्ता पाएनन्

बैशाख २१, २०७५ २:५० मा प्रकाशित
डोल्पाका ज्येष्ठ नागरिकले भत्ता पाएनन्
Share on FacebookShare on Twitter

त्रिपुराकोट, डोल्पा, २१ वैशाख / सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्षको तेस्रो चौमासिक लागि सक्दा समेत डोल्पाका जेष्ठ नागरिकले अझै पाउन सकेका छैनन् ।

पहिलो किस्ता मंसिरको पहिलो साता, दोस्रो किस्ता फागुनको पहिलो साता र तेस्रो किस्ता असारको पहिलो सातामा भत्ता रकम बुझ्दै आएका उनीहरु चालु आवको तेस्रो किस्ता लागि सक्दासमेत नपाएपछि निराश भएका छन् ।

सरकारले यस जिल्लाका ७० वर्ष पुगेका वृद्धवृद्धा नागरिकलाई प्रतिमहिना रु दुई हजारका दरले वर्षमा चौबीस हजार, ६० वर्ष उमेर पुगेका नागरिकलाई प्रति महिना रु एक हजारका दरले वर्षमा बाह्र हजार, एकल महिला, जनजाति र दलितका जेष्ठ नागरिकलाई प्रतिमहिना एक हजारका दरले वार्षिक बाह्र हजार, अपाङ्गता भएका (क) वर्गलाई प्रति महिना रु दुई हजारका दरले वार्षिक चौबिस हजार र अपाङ्गता (ख) वर्गलाई प्रतिमहिना रु ६ सयका दरले वार्षिक सात हजार दुई सय सामाजिक सुरक्षाबापत भत्ता उपलब्ध गराउँदै आएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१ का ७८ वर्षीय रविप्रसाद न्यौपानेले भन्नुभयो, “विगतमा त सुरक्षा भत्ता चार÷चार महिनाको पाइन्थ्यो, यो वर्ष त जेठ लाग्नै थालिसक्यो । अझै भत्ता पाएका छैनौं । कतै भत्ता कटाएको त होइन सरकारले ?”

न्यौपाने मात्र होइनन् त्रिपुरासुन्दरी नपा–१० का नारायण गिरीले पनि सामाजिक सुरक्षा भत्ता नपाएकामा दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “चुनाव ताका त भोट माग्न आउँदा नेताहरुले खाइपाइ आएको भत्ता बढाएर प्रतिमहिना रु पाँच हजार बनाउने भन्थे तर यो वर्ष अहिलेसम्म पाँच हजार त के विगतमा पाइरहेको भत्ता समेत पाएका छैनाँै ।”

त्यस्तै, त्रिपुरासुन्दरी नगरपालिका–१ बस्ने ज्येष्ठ नागरिक पुनादेवी न्यौपाने पनि भत्ता पाउने वा नपाउने भन्नेबारे बेखबर हुनुहुन्छ । गाउँमा कोही नयाँ मान्छे आउने बित्तिकै उहाँ ‘हाम्रो भत्ता कहिले पाइन्छ’ भन्दै सोध्नुहुन्छ । “पहिला पहिला त समयमै भत्ता पाइन्थ्यो अहिले त तीन पटक बुझिसक्ने बेला भयो एक पटक पनि पाइएको छैन्, संघीयाता आएपछि खाइपाइ आएको सेवा सुविधा पनि कटौती हुनेरहेछ,” उहाँले दुखेसो पोख्नुभयो ।

सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता मात्र होइन बालबालिकाले पाउँदै आएको पोषणबापतको भत्ता समेत डोल्पाका बालबालिकाले चालु आवको तेस्रो चौमासिक लाग्नै थाल्दा समेत पाउनसकेका छैनन् । सरकारले कर्णालीका पाँच वर्षसम्मका बालबालिकालाई प्रतिमहिना रु ४०० का दरले वार्षिक रु चार हजार ८०० पोषण भत्ताबापत उपलब्ध गराउँदै आएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोटका निमित्त कार्यकारी जयशंकर धितालले प्रत्येक वडाबाट जेष्ठ नागरिक तथा बालबालिकाको नयाँ आँकडा नगरमा नआइसकेकाले भत्ता वितरणमा ढिलाइ भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रत्येक वार्डमा कर्मचारी खटाएर वृद्धवृद्धा ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका, एकल महिला र बालबालिकाको एकिन डाटा संकलन गर्ने काम भइरहेको छ । जेठको दोस्रो सातासम्ममा भत्ता वितरण गरिने छ ।”

त्रिपुरासुन्दरी नगरपालिकामा सामाजिक सुरक्षाभत्ता र बालबालिको पोषण भत्ताको लागि रु एक करोड चौरासी लाख बराबरको बजेट प्राप्त भएको र वडा वडाबाट विवरण आउन ढिलाइ भएकाले अपुग हुन गएमा थप बजेट माग गर्न भने समस्या पर्ने नगरपालिकाले जनाएको छ । रासस

सम्बन्धित समाचार

क्यालिफोर्निया शेर्पा एशोसिएसनको अध्यक्षमा लाक्पा शेर्पा निर्वाचित
एनआरएन विशेष

क्यालिफोर्निया शेर्पा एशोसिएसनको अध्यक्षमा लाक्पा शेर्पा निर्वाचित

क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्धी समक्ष माग
अमेरिका समाचार

क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्धी समक्ष माग

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको छ : माधव नेपाल
Breaking News

पार्टीमा देखिएको आन्तरिक विवाद समाधान हुने अध्यक्ष नेपालको तर्क

बाल्टिमोरमा ‘रजतपट अंकल’को सम्मानमा कलाकारको पिकनिक !
अमेरिका समाचार

बाल्टिमोरमा ‘रजतपट अंकल’को सम्मानमा कलाकारको पिकनिक !

सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन
अमेरिका समाचार

सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै
ट्रेन्डिंग न्यूज्

स्थगित बीपी साहित्य महोत्सव असोज ३ गते हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result