काठमाडौं । नेपाली कांग्रेसले सरकार र पार्टी सञ्चालनको विषयमा एकसाथ केन्द्रीय कार्यसमितिको अलग–अलग बैठकमा छलफल गर्ने भएको छ ।विहीबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सरकार र पार्टी सञ्चालनको विषयमा एकसाथ एकै बैठकमा छलफल नगर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी सहमहामन्त्री भीष्मराज आङ्देम्बेले फरक–फरक दिन सरकार र पार्टी सञ्चालनको विषयमा छलफल गर्ने सहमति भएको जानकारी दिए। बैठकमा एक दिन सरकार र एक दिन पार्टी सञ्चालनको विषयमा छलफल गर्ने सहमति भएको उनले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-