डा. गंगादत्त नेपाल
१. पृष्ठभूमी
भौतिक दुरीे तथा भौगोलीक वनावटले राजधानी काठमाडौंको निकट भएपनि बत्तीमुनीको अँध्यारो भन्ने नेपाली उखानलाई चरितार्थ गर्ने दुर्गम क्षेत्र सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालीका वडा नं ६ तालामाराङ्ग गाउ (तत्कालीन तालामाराङ्ग गाविस) मा मेरो जन्म भएको हो । हालसम्म पनि विकास निर्माण र सामाजिक परिवेशमा धेरै नै पछाडि रहेको मेरो गाउँ र शिक्षाको ज्योतिबाट बिमुख मेरा मातापिताको लागि गाउँमा रहेर पनि आफ्ना सन्तानलाई पढाउन पर्दछ भन्ने स्वविवेकी जनचेतनाका कारण मैलै मेरो अध्ययनको यात्रा गाउँस्थित तत्कालिन पन्चकन्या प्रा.वि. (हाल पन्चकन्या आधारभूत विद्यालय) बाट नै शुरु हुनपुग्यो ।
आफु अशिक्षित भएपनि पहिलो पाठशालाको रुपमा रही जीवनको शिक्षा दिने मेरा माता पिता तथा मलाई कखराबाट जीवन चिन्न शुरु गराउँने मेरो पहिलो विद्यालय प्रति आफु सदा ऋणी छु । स्कुलमा बेन्च र डेस्क नभएकाले हनमी घरवाट लगेको गुन्द्रीमा बसेर पढ्ने गथ्यौं । तत्कालिन परिवेश तथा घरवाट निकट दुरीमा अवस्थित फुपातीचौरमा रहेको विद्यालय कक्षा २ मा पढ्दै गर्दा पहिरोले वगायो । त्यसपछि केही टाढा विद्यालय सार्नुपरेको बाध्यताको परिणाम स्वरुप झिम्झिमे झरीमा रुझ्दै भिज्दै समेत भीमकाय पहिरो छिचोल्दै विद्यालय गएका अतितका स्मृतिका ती तरङ्गहरु अझ पनि मेरा मानसपटलमा पटक पटक खेलिरहन्छन् । वि.सं. २०३८ सालमा त्यहाँवाट कक्षा ५ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरे पश्चात छिमेकी हेलम्वु गाऊंपालीका वडा नं ४ (तत्कालीन माहाङ्काल गाविस) स्थित करीव साढे एक घण्टाको पैदल दुरीमा रहेको सरस्वती माध्यमिक विद्यालय ग्याल्थुम मात्र मेरा लागि तत्पश्चातको अर्काे विकल्प रहेकोले स्वभावतः मेरो परिवारले पनि सोही विकल्प रोज्यो । जेहेन्दार विद्याथीको रुपमा विभिन्न प्रकारका छात्रबृत्ति प्राप्त गर्दै तथा विभिन्न उत्सव र अवसरमा हुने हाजिरीजवाफ, वावविवाद र निबन्ध लेखन प्रतियोगिता जस्ता अतिरिक्त क्रियाकलापमा सधै जसो प्रथम हुंदै २०४३ सालमा त्यसै विद्यालयबाट एस.एल.सी. उत्तीर्ण गरें । घरको आर्थिक स्थितिलेकाठमाडौंमा बसेर पढ्न सम्भव नहुदा नहुँदै पनि उच्च शिक्षा अध्ययनको
अभिलाषाले भौतिक विज्ञान विषयमा आइ.एस्सी.मा भर्ना भएं, तर तर खर्च जुटाएर राजधानीमा पढ्न कम्ती चुनौती थिएन मेरा लागि । भगवानले ‘तँ आँट म पुर्याउछु’ भन्छन् भनेझै अभावलाई हिम्मतले जित्न सकिदोरहेछ । विभिन्न आरोह तथा अवरोह पारगर्दै तथा विभिन्न आवासीय विद्यालयका विद्यार्थीहरुलाई ट्युसन पढाएर खर्च जुउँदै बिज्ञान विषयमा स्नातक गर्न सफल भएं ।
२. निजामती सेवाको अनुभव
आफुले पढेका र सिकेका समस्त ज्ञानलाई देशको सेवामा सर्मपित गर्ने हेतुले नेपाल सरकारको निजामति सेवाको राजगारीमा प्रवेश गरेँ । त्यस समयमा रहरका साथै घर परिवारको जिम्मेवारीका कारण पनि मेरा लागि जागिर नितान्त आवश्यकता तथा बाध्यतामा परिणत हुन पुगेको यथार्थता थियो । फलस्वरुप विज्ञान विषयमा स्नात्तकोत्तरको लागि भर्ना भए पनि दिवा सेवाको पढाई भएकोले जागिर र अध्ययन समानान्तर रुपमा गर्न नमिल्ने जटिलताको बावजुद अध्ययन रोक्न बाध्य भएँ । तथापी पनि पढाईलाई बोझ नभई रमाईलो रुपमा लिने मेरो इच्छका कारण त्रिभुवन विश्विद्यालयको प्राइभेट विद्यार्थीको रुपमा व्यवस्थापन स्ांकाय अन्र्तगत अर्को स्नातक (वि.कम.) आयोजना तथा
कार्यालय व्यवस्थापनमा गरेँ । जसका कारण पछि विभिन्न समयमा विकास आयोजनामा व्यवस्थापक तथा प्रमुख हुदा स्वअध्धयनले धेरै सहजता दिएको महशुस गरेको छु । निजामति सेवामा हाल प्रचलनमा रहेको समावेशीकीकरणमा आधारीत वढुवा प्रक्रिया तथा
संघियतापछि अवैज्ञानिक कर्मचारी व्यवस्थापनका कारण धेरैमा नैराश्यता छाएको छ जसका कारण धेरैले सेवावाट स्वच्छिक अवकाश लिंदैगरेको अवस्था छ । राजनीतिक परिवर्तनले मुलतः जनताको इच्छा, आकांक्षामा वृद्धि ल्याउने गर्दछ । यस परिवेशवाट मैलै पनि
निजामती सेवामा रहेर कामगर्न त्यति सहज नठानेर ११ वर्ष जागिर अवधि वांकि रहंदै स्वच्छिक अवकाश लिएं ।
यस सन्दर्भमा निजामती सेवाले जनताको इच्छा, आकांक्षा पुर्ति गर्न सक्ने किसिमको सेवाप्रवाह गर्न सक्नुपर्छ । अनिमात्र राजनीतिक परिवर्तनको सार्थकता रहने र राजनीतिक स्थायित्व कायम हुने गर्छ । नेपालको निजामती सेवाले पनि आवश्यकता अनुसार समाहित गर्दै
लैजानु पर्ने आवश्यकता टड्कारो देखिन्छ । राज्य र जनताबीचको सम्बन्ध अभिव्यक्ति माध्यम सार्वजनिक सेवा नै हो । त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो । राज्यको यसै विशिष्ट दायित्वको आधारमा राज्य र जनताको सम्बन्ध स्थापित भएको ह७३घढसन्छ । यसर्थ सार्वजनिक सेवाप्रवाह राज्य र जनताबीच भेट हुने संगम स्थल हो । यसै सम्बन्धको कारणले राज्यको पहिलो दायित्व सेवाप्रवाहको प्रभावकारिता अभिवृद्धि गर्ने रहेको हुन्छ । सेवाप्रवाहको प्रभावकारिताको स्तरले सरकारको लोकप्रियताको स्तर निर्धारण गर्ने गर्छ । सार्वजनिक सेवाप्रवाहमा दक्षता र प्रभावकारिताको स्तरले सुशासनको सही अवस्थाको चित्रण गरेको हुन्छ । निजामती सेवा सरकारी नीति कार्यान्वयन र सेवा प्रवाहको समन्वयकारी र एकमात्र सरकारी संयन्त्र भएकोले प्रभावकारी जनशक्ति व्यवस्थापनबाट नै सक्षम तथा प्रभावकारी निजामती सेवाको अपेक्षा गर्न सकिन्छ । निजामती सेवाको प्रभावकारी व्यवस्थापन मार्फत निजामती सेवालाई बढी उत्पादनशील, उत्तरदायी र सिर्जनात्मक बनाई परिवर्तित परिवेशले ल्याएको अवसर र चुनौती अन७३घढसरूप यसलाई चल्न सक्ने बनाउन अति नै आवश्यक देखिन्छ ।
३. नेदरल्याण्ड सरकारको छात्रवृत्तिमा अध्ययन
नेपाल सरकारको सेवामा रहंदै गर्दा निजी प्रयासमा सन् २००० मा नेदरल्याण्ड सरकारको छात्रवृत्तिमा विश्वभरीका व्यक्तिहरुको प्रतिष्पर्धावाट छनौट भई नेदरल्याण्डको रोटरड्याम सहरमा पोष्ट ग्राजुयट अध्ययनका लागि जाने मौका प्राप्त भयो । म जस्तो ग्रामीण परिवेशवाट आएको व्यक्तिलाई अन्र्तराष्ट्रियस्तरमा अध्ययन गर्न जाने अवसर प्राप्त गर्न सानो कुरा थिएन । कताकता मनमा धेरै कौतुहलताले मनमा छाएको थियो भने अवसर प्राप्त गरेकोमा मन मनै खुशी नि भएको थिएं । वास्तवमा उक्त अध्ययनमा उत्कृष्टता हाँसिल गर्रीे नेपाल फर्केपछि मेरो जीवनले फेरी अर्को मोड लिएको छ । एक त म जस्तो गाउँमा जन्मी विद्यालय शिक्षा गाउँबाटै प्राप्त गरेको तथा
सहरमा उच्च शिक्षा अध्ययन गरेपनि विभिन्न सामाजिक आर्थिक तथा पारिवारीक उल्झनहरुको बीचमा अध्ययन गरेको म जस्तो मान्छेले राष्ट्रिय मात्र होईन अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्प्रर्धा गर्न सकिदोरहेछ भन्ने आत्मविश्वासमा बृद्धि भयो भने अर्को पश्चिम युरोपको मुटुमा रहेको नेदरल्याण्ड देश र यस आसपासमा रहेका बेल्जियम, फ्रान्स, जर्मनी तथा लक्जेम्वर जस्ता विश्वका नामुद सम्पन्नशाली देशहरुको
भ्रमणले मेरो मानसपटलमा छुट्टै खालको सुनामी ल्याईदियो । नेदरल्याण्ड सरकारको छात्रवृत्ती मार्फत अध्ययन सकेर फर्केपछि, इन्जिनियरिङ्ग अथवा विज्ञान संकायमा उच्च अध्ययन युरोपकै क७३घढसनै देशमा गर्ने उत्कृष्ट अभिलाषा मनमा पलाएको थियो, तर नेपाल फर्के पछिको घरायसी अवश्थाले तुरुन्तै विदेश अध्ययन अध्ययन गर्न जान सम्भव भएन । यसैबीचमा त्रिभुवन विश्वविद्यालयले पहिलो पटक ग्रामिण विकासमा स्नात्तकोत्तर कार्यक्रम सन्चालन गयो, जसमा मैले प्रथम व्याचमा नै प्रथम श्रेणीमा उत्तीर्ण गर्न सफल भएँ । सायद आफ्नो विज्ञताले गर्नसक्ने कामहरु विभिन्न गैह्रसरकारी संस्थाहरुको अध्ययन तथा मुल्याङ्कन गर्ने परामर्शदाताको हैसियतल काम गरको अनुभवले होला ग्रामिण विकासको स्नात्तकोत्तर तह मैलै सहजरुपमा पुरा गर्न सकें ।
४. जर्मन सरकारको छात्रवृत्तिमा अध्ययन
विभिन्न बाध्यता र विवशताको तगारोले अधुरो रहेको विज्ञानमा उच्च शिक्षा हाँसिल गर्ने मेरो प्रगाढ ईच्छा मरेको थिएन, जीवितै थियो । त्यसैले मैले जर्मनस्थित उत्कृष्ट विश्वविद्यालयमा अध्ययनको लागि नेपाल सरकारवाट सहमति लिएर सन् २००४ मा फाराम भरेँ । जर्मन स्थित प्राबिधिक विश्वविद्यालयहरु अन्र्तगत अत्यन्त प्रख्यात र स्तरीय काल्र्स विश्वविद्यालयले (हाल काल्र्स इन्स्टिच्युट अफ टेक्नोलोजी) मा सिभिल तथा वातावरण इन्जिनियरिङ्ख संकाय अन्र्तगतको प्रादेशिक विज्ञानमा एम.एस्सी. (एम.फिल. सरह) अध्ययनार्थ छात्रबृत्तीमा सपरिवार जर्मनमा बस्नको लागि मलाई छनौट ग¥यो । त्यो दिन म र मेरो परिवारको लागि एक हर्षको दिन थियो । यस अन्तर्गत मलाई ६ महिना जर्मन भाषा सिक्नकोे लागि समेत छात्रवृत्ती प्रदान भएको थियो । जसको लागि म सन् २००५ को शुरुवात सँगै जर्मनी प्रस्थान गरेँ । ६ महिनाको भाषा जर्मनस्थित मानहाइमको गोथे इन्स्टिच्युटमा सम्पन्न गरे पश्चात विश्वको प्रख्यात विश्वविद्यालयमा पढ्नको लागि प्रस्थान गरेँ । त्यहाँका १२ जना प्रोफसरहरुले फिजिक्स तथा केमेष्ट्रिका विभिन्न विधामा नोवेल परस्कार प्राप्त गरेका छन् ।
हाम्रो घरघरमा अहिले हेरिने टेलिभिजनको आविस्कारक हर्मन हर्टज नि कुनैवेला यसै विश्वविद्यालयका प्रोफसर थिए । वास्तवमा जर्मनीमा यस्ता धरैे वैज्ञानिकहरु छन् जसले विश्वलाई केही दिएर यस धर्तीमा नाम उच्च राख्दै बिदा भएका छन् । यस मध्येका अग्रणीमा अल्वर्ट आइन्सटाइन पनि पर्दछन् । यस विश्वविद्यालयमा अध्ययनको लागि जाँदा ममा बेग्लै अनुभूति भएको थियो । विश्वका विभिन्न देशवाट छनौट भएर आएका व्यक्तिहरुसँग जमघटमा भएको मेरो अनुभूतिको मैले व्याख्या गर्न नै सक्तिन । यसरी सन् २००७ को अन्ततिर मेरा व्याचका सवै विद्यार्थीहरुलाई पछाडि पार्दै समयभित्र नै उत्कृष्ट अङ्कका साथ अध्ययन प७त्रगयतसरा गरी म नेपाल फर्के । अर्कोतिर मैले गरेको सोधकार्य उत्कृष्ट भएकोले विश्वविद्यालय अवार्ड पनि पाउँन सफल भए । प्रोफेसरले त्यहि बसेर अध्ययन अनुसन्धानमा लाग्न सल्लाह दिँदा दँदै पनि आफुले जानेको कुरा आफ्नो मातृभुमी नेपालमा नै प्रयोग गर्ने दृढ इच्छा भएकोले नेपाल फर्केको हु ।
नेपाल फर्केपछि आफ्नो कार्यक्षेत्रमा नै तल्लीन भएक काममा लागियो । विभिन्न गैह््रकारी संस्थासंगको आवद्धतालाई समेत कायम राख्दैे नेपाल सरकारको सेवामा तल्लीन रहें । यसै वीचमा सन् २०११ मा फेरी नेदरल्याण्ड सरकारको छात्रवृत्तीमा १ महिनाको Decentralized Water Supply and Sanitation अध्ययन तालीमको लागि नेदरल्याण्ड जाने मौका मिल्यो र त्यहांका विभिन्न प्रोफेसरहरुसंगको अन्र्तकृयाले मलाई विद्यावारीधी गर्ने सोचको विकास भयो । यस बीचमा फिन्ल्याण्ड सरकारको सहयोगमा पश्चिम नेपालका जिल्लाहरुमा सन्चालित खानेपानी, सरसफाइ र स्वास्थ्य सम्वन्धी कार्यक्रममा ठुलो प्रतिष्पर्धाबाट खानेपानी सरसफाइ र स्वास्थ्य सल्लाहकारमा छनौट भए पछि पर्वत जिल्लाको सल्लाहकारको रुपमा सन् २००९ देखि २०१२ को जुलाई सम्म काम गरें । कामगर्दा धेरैजसो गाऊंमा खानेपानीको मुल समस्या कतै मुल सुकेको, घटेको हराएको अवस्था देखियो । साथै त्यहाँं रहेर काम गर्दा जिल्लाका सवै गाविसहरुमा खरला दिसामुक्त अभियान संचालन पनि गरियो । य पश्चात मैले विद्यावारीधीको लागि आफ्नो अवधारणा पत्र तयार गरें, जुन आफुले केही अनुसभव हांसिल गरेकोे खानेपानी र सरसफाइ क्षेत्र र जलवायर परिवर्तनको असरसंग सम्वन्धित थियो । जसका लागि केही फाउण्डेसन कोर्षहरु गर्न आवश्यक थियो ।
तसर्थ सन् २०१२ को सेप्टेम्वरमा पुनः जर्मन सरकारको छात्रवृत्तिमा १ महिनाको विषय अध्ययन तालीमको लागि जर्मनस्थित टेक्निकल युनिभर्सिटी अफ डे्रस्डेन गएं । विद्यावारिधी अध्ययन तथा खोज अनुसन्धानमा निरन्तरताको सिलसिलामा फेरी सन् २०१६ को अक्टोवरमा पुनः जर्मन सरकारको छात्रवृत्तिमा १ महिनाका Climate Change Mitigation and Adaptation विषयको अध्ययनका लागि विश्वविख्यात हम्होल्ड्ट विश्वविद्यालय बर्लीन जर्मनी जाने अवसर प्राप्त गरें, जहां विश्वविख्यात वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरेका थिए । तत्पश्चात पुनः फेरी सन् २०१८ मा ३ महीनाका लागि विद्यावारिधी सोधकार्य सम्पन्न गर्नका लागि जर्मन सरकारकै छात्रवृत्तिमा जर्मनस्थित टेक्निकल विश्वविद्यालय डेटमोल्ड गएं तथा यी सवै प्रयासवाट खानेपानी र सरसफाइमा क्षेत्रमा जलवायर परिवर्तनको असर विषयमा विद्यावारिधी गरेंं । म जस्तो सामान्य ग्रामिण परिवेशवाट आएको व्यक्तिका लागि ठुलो उपलव्धि ठानेको छु । अध्ययन सम्पन्न भएपश्चात पनि यसै क्षेत्रसंग रहेर विभिन्न आयामहरुमा देशका लागि कुनै न कुनै माध्यमहरुवाट सेवा गरिहेको छु र गरिरहने नै छ ।
५. समग्रमा पश्चिम युरोप
विकासको दृष्टिवाट युरोपलाई नियाल्दा म मनमनै कक्षा १० मा भुगोल पढाउँदा तत्कालिन हेडसरले पेरिसदेखि लन्डनसम्म आन्ध्रमहासागर मुनि टनेलवाट रेल सेवा सन्चालन गरेको भनेर पढाएको मलाई पेरिसको आइफल टावरमाथिवाट विश्वको सुन्दर शहर पेरिस नियाल्दा झलझली याद आएको थियो । गाउँको परिवेशमा जन्मेर हुर्केका हामीलाई अचम्म लाग्न अस्वाभाविक पनि होईन । यसै सन्दर्भमा अहिले अवश्था र परिवेश फेरीएको छ, गाउँघरमा वत्ती वलेको छ । हात हातमा मोवाईल छ । बाटो बनेर गाडीको सुविधा छ । यो परिवेशमा अध्ययन गर्दा तथा हामीले अध्ययन गर्दाको परिवेश धेरै फरक भईसकेका छ । अहिले आफुले रोजेका विषयहरु पढ्न मनग्ये विद्यालय तथा कलेजहरु पनि खुलेकाछन् । तथापि चुनौतिहरु पनि थपिएका छन् । प्रविधिको गलत प्रयोगले दरर्घटना सिवाय केही निम्त्याउँदैन । यसर्थ
प्रविधिको पनि राम्रो काममा मात्र प्रयोग गर्नुपर्ने हुन्छ । साथै आजको अत्यन्त प्रतिस्पर्धी समाजमा सबैखाले प्रतिस्प्रर्धामा खरो उत्रन सफल हुनुपर्छ । नैतिकताको संकट भईरहेको यस अवस्थामा नैतिकवान तथा चरित्रवान युवाशक्ति उत्पादन गर्न विद्यार्थी, शिक्षक तथा अविभावक सबैको उत्तिकै रहेको हुन्छ । ‘आचार्य देवो भव’ भन्ने हाम्रो नीतिशास्त्रको कररा दोहो¥याउँद एउटा दुर्गम गाउँको मलाई यहाँसम्म पुग्ने मार्ग प्रशस्त गरिदिने मेरा अभिभावक तथा सम्पूसर्ण गुरुहरुलाई श्रद्धाको शीर निहुर्याउँदै पश्चिम युसरोपको आत्मसंस्मरण यात्राको यही बिट मार्छु ।
(पानी र जलवायु परिवर्तनमा पिएचडी गरेका डा. नेपाल राष्ट्रिय एवं अन्तराष्ट्रिय परामर्शदाताको रुपमा कार्यरत छन् ।)
प्रतिक्रिया लेख्नुहोस्:-