Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि नेपाली सेनालाई

बैशाख २२, २०७५ २:१४ मा प्रकाशित
अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि नेपाली सेनालाई

cGt/f{li6«o s/fFt]M vf]6fªsf] lbQm]ndf zlgaf/ ;DkGg bf]>f] vf]6fª–xn];L cGt/f{li6«o s/fFt] k|ltof]lutfsf] ljh]tf g]kfnL ;]gfsf ljh]tf v]nf8L pkflw ;lxt ;fd"lxs tl:j/ lvrfpFb} . tLg lbg;Dd ;~rfng ePsf] s/ft] k|ltof]lutfdf ef/t bf]>f] / >Ln+sf t]>f] ePsf 5g . tl:j/ M s]bf/ du/÷vf]6fª, /f;;

Share on FacebookShare on Twitter

खोटाङ, २२ वैशाख/ खोटाङको दिक्तेलमा आज सम्पन्न दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय सितोरियो कराँते प्रतियोगिताको उपाधि नेपाली सेनाले चुमेको छ ।

प्रतियोगिताको शुरुदेखि नै अग्रता कायम गरेको नेपाली सेनाले नौ स्वर्ण, पाँच रजत र दुई कास्य पदकसहित उपाधिमाथि कब्जा जमाएको हो ।

नेपाल सितोरियो कराँते संघ खोटाङको आयोजनामा दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको प्रतियोगितामा पाहुना टोली भारतले दुई स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ ।

तीन दिवसीय प्रतियोगितामा एक कास्य पदकसहित पाहुना टोली श्रीलंकाले तेस्रो स्थान प्राप्त गरेको निर्णायक टोलीका संयोजक राजेन्द्र कपालीले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालका तर्फबाट नेपाली सेनाले पुरुष कुमितेतर्फ ४० केजी समूहमा स्वर्णीम मानन्धर, ४५ केजी समूहमा साजन मोक्तान, ४० केजी महिला कुमितेमा बुद्धलक्ष्मी तामाङ, ६१ केजी समूहमा सम्झना घिसिङ, ६७ केजी समूहमा विभूषा थापा, एकल काँतातर्फ डम्बर आलेमगर तथा महिला र पुरुष टिम काँतामा स्वर्ण पदक जितेका छन् ।

यस्तै, भारतका लागि महिला एकलकाँतामा भन्सिका तन्वार र ५० केजी कुमितेमा अर्पणा चाहानले स्वर्ण जितेकी हुन् ।

श्रीलंकाका लागि कुमिते ६० केजी तौल समूहमा आरएनआइजी पाथारभाकलेले एकमात्र कास्य पदक दिलाएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः रु ७० हजार, रु ३५ हजार र रु २५ हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजक नेपाल सितोरियो कराँते संघका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।

प्रतियोगिताका विजेता टोलीलाई प्रदेशसभा सदस्य हिरा गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, निर्णायक टोलीका संयोजक राजेन्द्र कपालीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टोली प्रशिक्षक, उत्कृष्ट टोली व्यवस्थापक, उदीयमान खेलाडीलगायतलाई पनि नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

जिल्लामा दोस्रोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन भएपछि दिक्तेलबजार बिहीबारदेखि खेलकूदमय बनेको थियो । कराँते प्रतियोगितामा श्रीलंका, भारत, नेपाली सेना, १ नं प्रदेश, २ नं प्रदेश, ३ नं प्रदेश, ४ नं प्रदेश, ६ नं प्रदेश र आयोजकसहित नौ टोलीको प्रतिष्पर्धा भएको आयोजकले जनाएको छ ।

खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले चन्दा उठाएरै प्रथम संस्करण सञ्चालन गरेको संघले सोहीअनुसार दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न जातजातिले सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरेका थिए । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result