Monday, September 25, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन

बैशाख २२, २०७५ २:२७ मा प्रकाशित
उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन

jfUdtL ;kmfO dxfcleofg jfUdtL ;kmfO dxfcleofgsf] @^)cf}F xKtfsf] ;kmfOdf ;xefuL x'Fb} l;hg ldl8ofsf P;Pn;L lk|G;];sf k|ltof]uL . tl:a/ M k|bLk/fh jGt, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २२ वैशाख/ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४५ मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २६०औँ र तिलगंगा खण्डको वाग्मती सफाइको १६३औँ हप्ताको सफाइ संयुक्तरुपमा तिलगंगा क्षेत्रमा गरी १० मेट्रिकटन फोहर व्यवस्थापन भयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइलगायत संस्थाका गरी ३०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले राससलाई जानकारी दिनुभयो ।

वाग्मती सफाइमा ब्लुक्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सफाइ अभियान शुरु भएपछि बाटो हिँड्न सकिने भएको अनुभव सुनाउनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२१औँ हप्ताको कार्यक्रमअन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित वाग्मती उत्तरतिर बगेको कान्तिभैरव मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । उत्तरबाहिनीसमेत भनिने यो क्षेत्र शास्त्रीय दृष्टिले महत्वपूर्ण मानिन्छ ।

सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन ग¥यो । कुहिने फोहर खाडल खनेर पुरियो ।

सफाइमा वाग्मती सुन्दरता सरोकार मञ्च, कान्ति भैरव गुरुकुल, पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटी, गोकर्ण माविका विद्यार्थीलगायत स्थानीयवासी गरेर २०० भन्दा बढीको सहभागिता थियो । सफाइमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठलगायत सदस्यको पनि सक्रिय सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २२२औँ हप्ताको सफाइ वैशाख २९ गते शनिबार वाग्मती, सूर्यमती र चन्द्रमती नदीको संगमस्थल गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरिने भएको छ । सफाइको संयोजन नगरपालिकाको वडा नं ४ कार्यालयले गर्ने जनाइएको छ ।

रुद्रमती सफाइको २१५औँ हप्तामा रातोपुलबाट मैतीदेवी मन्दिरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सो अवसरमा मन्दिर परिसरमा ढलेको एउटा रुख काटेर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो ।

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो । सफाइमा २०० भन्दा बढी अभियन्ता सक्रिय थिए ।

विष्णुमती सफाइ अभियानको १८७औँ हप्तामा तारकेश्वर नगरपालिकाको आनन्दटोल क्षेत्रमा सफाइ गरियो । आजको सफाइबाट पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता अनिल धरेलले राससलाई जानकारी दिनुभयो ।
सो अवसरमा आनन्द टोल, जागरण टोल र सिद्धेश्वर टोलका स्थानीयवासीको सक्रियतामा त्यस क्षेत्रमा सफाइ चेतना फैल्याइएको उहाँले बताउनुभयो ।

चक्रपथ सफाइको ५६औँ हप्तामा आज तिलगंगा क्षेत्रमा सफाइ गरी १८ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

सफाइमा क्रममा सडक र सार्वजनिक जग्गा मिचेर बनाइएका आठ वटा टहरा पनि भत्काइयो । सार्वजनिक जग्गामा बनेका र निजी जग्गामा पनि नक्सा पास नगरी बनाइएका टहरा भत्काइएको सफाइ संयोजक लोकबहादुर टण्डनले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं ३१ स्थित आलोकनगर सफाइको ५६औँ हप्तामा मातृशक्ति सफाइ समूहले डष्टविन व्यवस्थापन, घरदैलो जनचेतनामूलक अभियान सञ्चालन गरेको सफाइ संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिनुभयो ।

चक्रपथ बाफल खण्ड सफाइको ३८औँ हप्तामा मिलनटोल क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । सडकमा फोहर थुपार्नेलाई नै उठाउन लगाइएको सफाइ अभियानले जनाएको छ ।
विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भएको छ । रासस

सम्बन्धित समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिनुपर्छ : अध्यक्ष ओली
Breaking News

संसद् सरकारले नै चल्न नदिएको एमाले अध्यक्ष ओलीको आरोप

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

 रीतादेवी प्रधान भन्छिन, एनआरएनएलाई साझा फुलवारी बनाउछु
अमेरिका समाचार

 रीतादेवी प्रधान भन्छिन, एनआरएनएलाई साझा फुलवारी बनाउछु

सरकारद्वारा संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
बिबिध

बाढीपहिरोबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result