Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढ्यो

बैशाख २३, २०७५ ३:०२ मा प्रकाशित
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढ्यो
Share on FacebookShare on Twitter

चितवन, २३ वैशाख / सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ ।

पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इञ्जिनियर गोविन्द खनालले बताउनुभयो । सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँ र डढेलो लागेर सुख्खा भएको ठाउँमा पानी परेसँगै पहिरो खस्ने गरेको उहाँले जानकारी दिनुभयो । ।

सो सडकखण्डलाई तीन भागमा विभाजन गरेर विस्तार गरिँदै छ । तेस्रो खण्ड अर्थात् मुग्लिन नजिकै सुप्रिम रौताहा जेभीले सडक विस्तारको काम गरिरहेको छ । धेरै पहाड भएकाले सो ठाउँमा धेरै पहिरो खस्ने गरेको छ । जेभीका साइड इञ्चिार्ज राजन दाहालका अनुसार शनिबार बिहान चारकिलो भन्ने स्थानमा ८ बजे खसेको पहिरो दिउँसो ३ बजेमात्रै पन्छाउन सकिएको थियो । बिहान तत्काल एकतर्फी बनाएका कारण र सवारीसाधन कम भएकाले ठूलो समस्या नआएको उहाँले बताउनुभयो ।

दिउँसो ४ बजे चोरखोलामा पहिरो खसेपछि एक घण्टा ३० मिनेट पहिरो पन्छाउन लागेको उहाँले जानकारी दिनुभयो । शुक्रबार अठ्ठाइस किलो, चोरखोला र कालीखोलामा पहिरो खसेको थियो । एक ठाउँको पहिरो हटाउन आधा घण्टादेखि एक घण्टासम्म समय लागेको थियो । बुधबार र बिहीबार पनि तीन चार ठाउँमा साना पहिरो खसेको दाहालले बताउनुभयो ।

सडकका अन्य भागमा पनि सानातिना पहिरो खस्ने क्रम शुरु भएको छ । डिभिजनल इञ्जिनियर खनालले चाँडै नै वर्षात् शुरु भएमा समस्या आउन सक्ने बताउनुभयो । सडक विस्तारको काम भइरहेको र पहिरो रोक्ने काम शुरु भएकाले चाँडै नै वर्षात् हुुँदा काम नै प्रभावित हुने उहाँको भनाइ थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले विगत एक साता यता पहिरो र ढुंगा खस्न थालेको र कतिपय ठाउँमा प्रहरीले ढुंगा पन्छाएर सवारी साधन सञ्चालन गराएको बताउनुभयो । दैनिकजसो साना ठूला पहिरो र ढुंगा खसेको भन्दै उहाँले चालकलाई एक अर्काे सवारी साधनको बीचमा दूरी राखेर सवारी चलाउन, अगाडि हेरेरमात्रै जान, बाटोको अवस्था बुझेर हिँड्न, उछिन्र नजान आग्रह गरिएको बताउनुभयो ।

अधिकांश ठाउँमा भित्तो काटिएकाले माटो कमलो भएको छ भने कतिपय ढुंगा र ढिस्को झर्ने अवस्थामा छन् । खनालका अनुसार पहिलो चरणमा झर्न लागेका ढुंगा, ढिस्को र माटो झार्ने काम भइरहेको छ ।

यससँगै दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक मेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायो इञ्जिनियरिङलगायतका काम हुँदैछन् । उहाँका अनुसार सडकलाई दुईभागमा विभाजन गरी पहिरो रोक्ने कामका लागि रु १४ करोडमा ठेक्का दिइएको हो ।

खनालले सो सडकका १८ ठाउँमा पहिरोको उच्च जोखिम रहेको बताउनुभयो । तीमध्ये अति नै संवेदनशील रहेका छ ठाउँमा शुरुमा काम गरिने उहाँले बताउनुभयो ।

गतवर्ष असार ८ गते राति कालीखोला नजिकै पहिरोमा प्रहरी भ्यान पर्दा चारजना प्रहरीको मृत्यु भएको थियो । वर्षाद् हुनुअघि गतवर्ष पनि समय समयमा सुख्खा पहिरो खसेसँगै कतिपय सवारी साधनमा क्षति पुगेको थियो भने यात्रुले दुःख पाएका थिए । रासस

सम्बन्धित समाचार

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

तनाव व्यवस्थापनको कला सम्बन्धी वेबिनार सम्पन्न
अमेरिका समाचार

तनाव व्यवस्थापनको कला सम्बन्धी वेबिनार सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result