काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसबाट काठमाडौं महानगरको मेयरकी उम्मेदवार रहेकी नेतृ सिर्जन सिंहमा कुनै कुराको कमी नभएको बताएका छन्।
उनले शुक्रबार रत्नपार्कस्थित शान्ति बाटिकामा जारी पाँच दलीय गठबन्धनको चुनावी सभा सम्बोधन गर्दै नेतृ सिर्जना सिंह प्रकाशमानकी श्रीमती हुनु कुनै दोष नभएको बताएका हुन्।
‘आमा–बुवाले बिहे गरिदिए बिचरी के गरुन् ? आमाबाबुले भने पछि बिहे गर्नै पर्यो,’ प्रधानमन्त्री देउवाले भने, ‘प्रकाशमानसँग बिहे गर्नु दोष हो ? अरु के कुरामा कमी छ उहाँमा ? प्रकाशमानको श्रीमती भन्छन्। आमा बुवाले बिहे गरिदिए त के गरुन् ?,’
उनले पार्टीभित्रैबाट पाँच दलीय गठबन्धनको विरोध भइरहेकोप्रति असन्तुष्टि व्यक्त गरे। कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु नै अहिले कांग्रेसका कट्टर समर्थक बनेर गठबन्धनको विरोध गरिरहेका पनि बताए। उनले सिंह काठमाडौं महानगरलाई हाँक्न सक्षम र योग्य रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-