काठमाडौं । आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा संसदमा आइतबार प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले आजको सत्ता गठबन्धनको बैठकमा संसदको बजेट अधिवेशन, बजेटमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको बताए ।
उनका अनुसार बजेट अधिवेशनमा संसदलाई कसरी प्रभावकारी बनाउने भन्ने विषमया छलफल भएको हो । त्यस्तै संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐनलगायतका महत्वपूर्ण विधेयकहरुका विषयमा पनि छलफल भएको उनले बताए । ‘विषयगत समितिलाई कसरी अघि बढाउने र सर्वोच्चमा प्रधानन्यायाधीशको नियुक्तिलाई कसरी अघि बढाउने भन्नेबारेमा पनि छलफल भयो’ उनले भने ।
प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको पनि बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-