काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको आर्थिक भार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्न सुझाव दिएका छन् ।
सांसद समेत रहेका थापाले शनिबार नेपाल वितरक संघको ११औँ वार्षिक साधारणसभालाई धादिङबेँसीमा सम्बोधन गर्दै भने, “म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ भनेर सबैले व्यवहारमा लागु गर्न सक्नुपर्छ ।”
राष्ट्रपतिदेखि सांसद हुँदै वडाध्यक्षसम्म सबैले अरू सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-