Sunday, May 25, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ऊर्जामन्त्री पुन र बेलायती संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

बैशाख २४, २०७५ ११:२७ मा प्रकाशित
ऊर्जामन्त्री पुन र बेलायती संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता
Share on FacebookShare on Twitter

काठमाडौँ, २४ वैशाख / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग बेलायती संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको हो । नेपालको संघीय संसद्को निमन्त्रणामा भ्रमणमा आएको बेलायती संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गर्नुभएको छ ।

भेटमा ऊर्जामन्त्री पुनले बेलायत नेपालको पुरानो विकास साझेदार मुलुक रहेको भन्दै आगामी दिनमा पनि दुवै देश बीच सुमधुर सम्बन्ध रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेलायतले नेपालको शिक्षा, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा गरेको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत र सिँचाइका क्षेत्रमा समेत सहकार्य गर्न सरकार तयार रहेको धारणा व्यक्त गर्दै मन्त्री पुनले ऊर्जा मन्त्रालयको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना रहेको र त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग आवश्यक रहने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“अहिले हामीसँग एक हजार मेगावाट आसपासमात्रै बिजुली उत्पादन हुन्छ, तर हामीसँग एक लाख मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ । दश वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्नका लागि हामीलाई निजी क्षेत्र तथा विदेशी लगानीकर्ताको जरुरी हुन्छ” मन्त्री पुनले भन्नुभयो । उहाँले नेपालमा लगानीको वातावरण रहेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभएको थियो ।

भेटमा बेलायती सांसदहरुले नेपालको जलविद्युत्, सौर्य ऊर्जा र जलस्रोतको क्षेत्रमा सरकारी नीति र योजनाबारे चासो राख्नुभएको थियो ।

बेलायती सांसद निजेल इभान्सले नेपालको विकासमा बेलायत सहयोग गर्न तयार रहेको धारणा राख्नुभएको थियो । उहाँले बेलायत युरापेली संघबाट अलग भएपछि यस्ताखालका द्विपक्षीय भ्रमण अझै बढ्ने र त्यसले दुई देशको सम्बन्ध अझै मजबुत बन्ने बताउनुभयो ।

भेटमा बेलायती सांसदहरुले नेपालमा बिजुलीको अवस्था, जलविद्युत्ले वातावरणमा पारेको असर र त्यसको रोकथामका लागि सरकारले अघि सारेका कदमहरुका बारेमा समेत चासो राख्नुभएको थियो । रासस

सम्बन्धित समाचार

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

अन्तर्राष्ट्रिय नेपाली सेफ अमेरिकाको संयोजकमा सापकोटा
Breaking News

अन्तर्राष्ट्रिय नेपाली सेफ अमेरिकाको संयोजकमा सापकोटा

न्यान्सको आफ्नै भवनमा भव्य नेपाली मेला हुँदै
Breaking News

न्यान्सको आफ्नै भवनमा भव्य नेपाली मेला हुँदै

अनेसास उत्तरी क्यालिफोर्नियाको  अध्यक्षमा बाबु आचार्य निर्विरोध चयन
Breaking News

अनेसास उत्तरी क्यालिफोर्नियाको अध्यक्षमा बाबु आचार्य निर्विरोध चयन

फोटोग्राफर केसी क्यालिफोर्नियाकी अर्थमन्त्रीद्वारा सम्मानित
Breaking News

फोटोग्राफर केसी क्यालिफोर्नियाकी अर्थमन्त्रीद्वारा सम्मानित

क्यालिफोर्नियामा चन्दा संकलनबाटै १८ लाख डलरमा नेपाली सामुदायिक केन्द्र भवन खरिद
Breaking News

क्यालिफोर्नियामा चन्दा संकलनबाटै १८ लाख डलरमा नेपाली सामुदायिक केन्द्र भवन खरिद

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result