काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको बलमा निरंकुश तानाशाही प्रवृत्तिलाई परास्त गर्ने संकल्प गरिएको बताएका छन्।
उनले शनिबार पाँच दलीय गठबन्धनले धनुषाको जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै निरंकुश तानाशाही प्रवृत्तिलाई परास्त गरेर नयाँ युगतिर अगाडि बढ्ने संकल्प गरिएको बताएका हुन्।
‘संसद विघटन हुँदा तत्कालका लागि हामीले पश्चगमनलाई परास्त ग¥यौं, अहिले निर्वाचनको सम्मुखमा छौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘लोकतन्त्र उल्ट्याउन चाहने निरंकुश तानाशाही प्रवृत्तिलाई स्थानीय तह, प्रदेश सभा र संघीय निर्वाचनसम्म जाँदा जनताको तागत लिने र त्यसलाई परास्त गर्ने र नयाँ युगतिर अगाडि बढ्ने संकल्प गरेका छौँ।’
मधेशका हक अधिकारका लागि मधेसका जनताले ठूलो संघर्ष गरेको स्मरण गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र सबै आन्दोलनको साझा उपलब्धि भएको जिकिर गरे।
प्रतिक्रिया लेख्नुहोस्:-