काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैमाथि कारबाही हुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि बच्न नसक्ने बताएका हुन् । उनले निर्दोष कोही नपर्ने पनि बताए ।
उनले संसद् बैठकमा भुटानी प्रकरणमा उठेको आवाजले सरकारको मनोबल बढेको पनि बताए ।
‘मैले भनेको छु, दोषी कोही बच्न सक्दैन । निर्दोष कोही पनि पर्दैन । सरकारको त्यही जोड छ । आज जसरी विषय उठेको छ, त्यसले अझ सरकारको मनोबल बढाउने काम नै गरेको छ भन्ने मैले ठानेको छ’ । कसैले त्यहाँ दबाब दिएर केही हुनेवाला छैन,’ प्रचण्डले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-