काठमाडौं । विशेष अदालतले नेसनल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई ९ वर्षको कैद सजाय सुनाएको छ।
मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई सजाय निर्धारण गरेको हो।
विशेष अदालतले नेसनल पेमेन्ट गेटवे (एनपीजी) भ्रष्टाचार प्रकरणमा पौडेलबाट २३ करोड २६ लाख ५८ हजार रूपैयाँ बिगो असुल गरी त्यति नै रकम जरिवाना भराउने फैसला पनि गरेको छ। यो दुवै जोड्दा ४६ करोड ५३ लाख रुपैयाँ हुन आउँछ।
प्रतिक्रिया लेख्नुहोस्:-