Tuesday, December 5, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उपहारका वस्तु बनाउने तालीममा युवाको आकर्षण

बैशाख २५, २०७५ ११:०९ मा प्रकाशित
उपहारका वस्तु बनाउने तालीममा युवाको आकर्षण
Share on FacebookShare on Twitter

नगरकोट, २५ वैशाख / रबरको साँचोमार्फत रेजिनका सजावट एवं उपहारका वस्तु बनाउने तालीमतर्फ युवा आकर्षित भएका छन् ।

रबरको साँचो बनाउने र त्यसैको माध्यमबाट रेजिन प्रयोग गरी क्युरियोका वस्तुसमेत बनाउन सकिने भएपछि युवा सो तालीमप्रति आकर्षित भएका हुन् ।

घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र त्रिपुरेश्वरद्वारा सञ्चालित १५ दिने उक्त तालीममा भक्तपुरका २६ युवा सम्मिलित छन् । तालीममा १० जना युवा र १६ युवतीले रबरको साँचो बनाउने तथा उक्त साँचोमार्फत रेजिनको वस्तु बनाउने सीप र प्रविधि सिकिरहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा जारी सो तालीमका सहभागीलाई शमशेर प्रजापति र केशव प्रजापतिले रबरको साँचो बनाउने सीप र प्रविधि सिकाइरहनुभएको छ । रबरको साँचो बनाएर काष्ठकला, धातुकला र प्रस्तर कलाबाट बनाएको वस्तुको रेजिनबाट दुरुस्तै अर्को साँचो उत्पादन गर्न सकिन्छ ।

“रेजिनबाट बनेको वस्तु माटो, काठ, धातु र ढुंगाबाट बनेकाभन्दा सस्तो हुन्छ”, शमशेर प्रजापतिले भन्नुभयो, “बजारमा यसको माग अत्यधिक छ । तालीमपछि स्वरोजगार बनेर आर्थिक उपार्जन गर्न गाह्रो छैन ।”

रेजिनबाट बनाइएका सजावटका वस्तु काष्ठकला, प्रस्तरकला र धातुकलाको हुबहु हुने भएकाले उपभोक्ता झुक्किन सक्छन् । तौल कम हुने भएकाले बाह्य पर्यटक क्युरियो सामानप्रति आकर्षित हुन थालेको अर्का प्रशिक्षक केशव प्रजापति बताउनुहुन्छ । रेजिनको वस्तु हलुका हुने हुँदा धेरैभन्दा धेरै सामान लान सकिने भएकाले बाह्य पर्यटक रेजिनको क्युरियो सामानप्रति आकर्षित हुने गरेका छन् ।

“रेजिनको वस्तु बनाउन काठ, ढुंगा, धातु र माटोको जस्तो धेरै समय लाग्दैन”, उहाँले भन्नुभयो, “रेजिनको वस्तु उत्पादन गर्न धेरै ठाउँ चाहिँदैन, घरमै बसेर उत्पादन गर्न सकिन्छ ।” हाल बजारमा लगानीभन्दा तेब्बर मूल्यमा रेजिनका उत्पादन बिक्री वितरण भइरहेका छन् । कम लगानीमा धेरै मुनाफा लिन सकिने भएकाले तालीमप्रति युवा आकर्षित भएका प्रजापतिले बताउनुभयो ।

रेजिनबाट ठूला मूर्ति तथा प्रतिमासमेत बनाउन सकिन्छ । यो पानीबाट समेत नबिग्रने हुँदा आजभोलि बजारमा यसबाट बनेका ठूल्ठूला मूर्ति र प्रतिमाको बढी माग हुन थालेको छ । भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले युवाको मागको आधारमै तालीम सञ्चालन गरिएको बताउनुभयो । रासस

सम्बन्धित समाचार

अन्तत: आफ्नै मन्दिर बनाउने नेपालीको सपना साकार !
Breaking News

अन्तत: आफ्नै मन्दिर बनाउने नेपालीको सपना साकार !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

भोलि स्टानफोर्डमा स्वर्णिम वाग्लेसँग अन्तरकृया
Breaking News

भोलि स्टानफोर्डमा स्वर्णिम वाग्लेसँग अन्तरकृया

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया
Slider

नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result