काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरको मेयरकी उम्मेदवार सिर्जना सिंहले सबैसँग सहकार्य गरेरमात्रै महानगर सुधार्ने प्रतिवद्धता जनाएकी छन्।
उनले आइतबार काठमाडौंमा बुद्धिजीवीको भेलालाई सम्बोधन गर्दै विभिन्न पेशा र क्षेत्रका विज्ञहरुको सल्लाहमै काठमाडौँलाई निर्माण गर्ने अभिभारा सम्हाल्ने बताएकी हुन्।
काठमाडौंलाई काठमाडौंजस्तो बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी व्यवस्थापन गर्ने सिर्जनाको भनाइ थियो। काठमाडौंको कला, संस्कृतिको संरक्षणमा लाग्ने उनले दोहोर्याइन्।
‘काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ–सफा काठमाडौं नै प्रमुख एजेन्डा हो,’ सिर्जनाले भनिन्। उनले महानगर प्रमुख भएकै दिनदेखि नै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताइन्।
प्रतिक्रिया लेख्नुहोस्:-