काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छिन् ।
उनले आइततबार सरकारको सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा यी अध्यादेश जारी भएका हुन् । यी विषयमा नेपालमा कानुन अभाव भएको भन्दै लामो समयदेखि कानुन बनाउन माग हुँदै आएको थियो । अहिले संसदको अधिवेशन नभएकाले सरकारले अध्यादेश ल्याएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-