Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

बैशाख २६, २०७५ ३:३२ मा प्रकाशित
षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री
Share on FacebookShare on Twitter

जनकपुरधाम २६ वैशाख / भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको विषय बनेको छ ।

मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलमसञ्जीव रेड्डी, ज्ञानी जेल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो ।

जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुनुहुने बताइन्छ । षोडसोपचार विधिबाट गरिने पूजामा पञ्च आहुती, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी करीब एक घण्टा पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शृंगारका सामग्री अर्पण गरिने चलन छ ।

ईश्वर अवतार महामानवका रूपमा भएको भावभूमिमा सीतालाई सुशील पुत्री, धीर गम्भीर राजकुमारी, आज्ञाकारी शिष्या, अनन्त सखी, मर्यादित पत्नी, मृदूभाषणी गरिमयी कुलबधु , प्रकृति स्वरूपा सवल नारी, संकटका बेला स्मरणीय चरित्र, ममतामयी माता तथा देवतुल्य भएकी कारण सीतालाई पुज्यनीय र अनुकरणीय मानिएको छ ।

विदेह परम्पराको निरन्तरताका रूपमा विशिष्ट पाहुनालाई षोडसोपचार विधिबाट पूजाअर्चना गराइने परम्परा रहेको जानकी मन्दिरका सहायक महन्त रामरोशन दास बताउनुहुन्छ ।

जानकी मन्दिरलाई माता जानकीको निवासस्थल मानिएको छ । धार्मिक मान्यताअनुसार जानकी मन्दिरको प्रधान गर्भ गृह माता जानकीको कोहवर छ, जहाँ जानकी र राम शयन गर्नुहुन्छ ।

मुगल, हिन्दू र मैथिल वास्तु शैलीको अनुपम संगमबाट बनेको सो मन्दिर वास्तु कलाकारिताको विलक्षण सम्पदा मानिन्छ । नौलखा, जानकी भवन, शीशमहल र नेपालको ताजमहल भनेर सो मन्दिर प्रख्यात छ ।

सो मन्दिरमा महात्मा शरकिशोर दास र ओरछा नरेश तथा महारानीले प्रतिष्ठापित गरेका सीतारामका मूर्ति रहेका छन् । मू्््््््््््््््््््््््््््््््््र्तिहरूलाई चाँदीको पाताले मोडिएको रथ आकारझैं भान हुने विशाल एवं कलात्मक सिंहासानमा आकर्षक ढंगले सजाएर राखिएका छन् ।

भगवान सीतारामका मूर्ति राखिएको कोठामा बस्ने मूलद्वार पनि चाँदीले नै मोडिएका छन् । यसको अगाडि सानो जगमोहन छ । गर्भगृहको मूलद्वारसँगै जोडिएर यसको दुबैतिर दायाँबायाँ स–साना बरण्डा बनाइएका छन् । जसलाई मिथिला वास्तुकलाको विशेषताका रूपमा लिइन्छ ।

गर्भगृह प्रवेश गर्ने मूलद्वारको दुबैतर्फको भित्तामा जीवनगाथासँग सम्बन्धित चित्रले जीवन्तता दिन खाजेको जस्तो लाग्दछ । भगवान सीतारामको सिंहासनको पछिल्लो भागमा अष्ठकुञ्ज नामक आठ कोठा छन् । यी कोठामध्ये दुई कोठा पाताल जाने बाटो भएको बताइन्छ । अन्य कोठा भगवानको शयन र स्नानका लागि प्रयोग गरिन्छ ।

जानकी मन्दिरमा कलाकारको मीठो सपना बोलेको देखिन्छ । यो मन्दिर किल्ला आकारको छ र चारैतिर साना– ठूला गुम्बज र बुर्जाहरूले घेरिएको छ ।

जानकी मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको र ५० फिट अग्लो छ । यसमा साठी कोठा छन् । मन्दिरको भब्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक छ भने जगमोहन मन्दिरको चारैकुनामा तीन, तीन वटाका दरले बनाइएका १२ वटा कलात्मक बुर्जाका साथै अन्य साना–ठूला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गजुर, फराकिलो परिसर र प्रवेशद्वारका दुबैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको छ ।

सो मन्दिरको निर्माण मध्य भारतका ओरछा टिकमगढका महाराजा प्रतापसिंहका पत्नी वृषभान कुँवरिले पुत्र प्राप्तिको खुशियालीमा विसं १९६७ माघ २८ गतेमा निर्माण गराएकी थिइन् ।

सो मन्दिरको निर्माणमा त्यस बेलाको व्रिटिश महारानीका चाँदीका सिक्का ३–४ लाख खर्च भएको भनिए पनि मन्दिर बनाउन शुरूमा नौलाख संकल्प गरिएको भनिन्छ । यो मन्दिर बनाउन जम्मा रु १५ लाख खर्च र बारह वर्ष लागेको बताइन्छ ।

जानकी मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ । यस सन्दर्भमा यो पनि भनाइ रहेको छ कि महाराजा र महारानी जानकी मन्दिर बनाउन जति पनि खर्च गर्न तयार थिए । इकाइमा सो रकम भन्नु पर्दा नौ नै भन्नु परेकाले नौ लाख भनिएको हो ।

हिन्दू वाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वस्तु, भवन, इमारतलाई सबैभन्दा उत्तम दर्जाको इकाइमा भन्नु पर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरिएकोले नौलखा भनिएको भन्ने मान्यता पनि पाइन्छ ।

सो मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि बनाइएका पत्थरका सिंहका मूर्ति पनि आकर्षक रहेको छ । यस कलात्मक पत्थरमा कलात्मक ढंगबाट रोमनमा एसपी लेखिएको देखिन्छ ।

भारतीय प्रधामन्त्री मोदीको जनकपुरधाम भ्रमण सन्दर्भमा जानकी मन्दिरमा गरिने पूजा अर्चनाका लागि मन्दिरलाई रंगरोगन गर्ने कार्य तीव्र पारिएको छ । जानकी मन्दिरको पूजाअर्चना कार्यक्रममा यस पटक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहने भएकाले यसलाई नेपाल र भारतबीचको सम्बन्ध झन प्रगाढ हुने विश्वास लिइएको छ । रासस

सम्बन्धित समाचार

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर
ट्रेन्डिंग न्यूज्

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

प्रा.डा. त्रिपाठीलाई माधव घिमिरे पुरस्कार
ट्रेन्डिंग न्यूज्

प्रा.डा. त्रिपाठीलाई माधव घिमिरे पुरस्कार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल
ट्रेन्डिंग न्यूज्

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी
Breaking News

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
अर्थ/वाणिज्य

मंगलबार शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result