काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली शरणार्थी बनाउनेहरुमाथिको अनुसन्धानमा फाइल खोल्ने मात्र हैन, फायर नै खोल्नुपर्ने बताएका छन्। उनले मंगलबार प्रतिनिधि सभामा प्रि–बजेटको छलफलमा भाग लिँदै यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले भने ‘नक्कली भुटानी शरणर्थाी बनाउनेलाई निष्कर्षमा पुर्याउनुपर्छ। फाइल हैन, फायर खोल्नुपर्छ ’ ‘भ्रष्टाचारमा कसैलाई उन्मुक्ति दिनु हुँदैन। निर्दोष फस्न हुँदैन तर दोषीलाई छोड्न मिल्दैन।’
उनले आगामी ८० को दशक भएकाले यसमा भ्रष्टाचार र बेरुजु बन्नबाट रोक्नुपर्ने उनको तर्क छ। ‘हामी सत्ता र प्रतिपक्षबाट हैन, एकीकृत आँखाबाट हेनुपर्ने बेला आएको छ। बढ्दो ब्याजदर, बैंक क्षेत्रमा खराब कर्जासहित ७ कुरा अर्थमन्त्रीले उल्लेख गर्नु भएको छ। अहिलेको मुल समस्या यही वरिपरि छन्।’
प्रतिक्रिया लेख्नुहोस्:-