काठमाडौँ, २७ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले बिदाई भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा आज उहाँहरुबीच भएको भेटमा जापान र नेपालबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी एवं नेपालस्थित जापानी दूतावासका अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस्:-