काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लघंन गर्नेलाई १२ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।
मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारवाही गरिने बताए। कडा कारवाहीस्वरुप स्पष्टीकरणलाई १२ घण्टामा झारिएको उनले बताए।
थपलियाले उच्च नेताबाट आचारसंहिता उल्लघंन हुने गरेको बताए। उनले भने, ‘आचारसंहिताका उल्लघंनका घटनाहरु निकै कम मात्रामा भएका छन्। सभ्य भनिएको ठाउँमा बढी आचारसंहिता उल्लघंन भएका छन्। गाउँमा कमै मात्रामा आचारसंहिता उल्लघंन भएको सुनिन्छ। जानेबुझेका, उच्च ओहोदामा बसेकाबाट नै आचारसंहिता विपरीतका क्रियाकलाप भएका छन्।’
प्रतिक्रिया लेख्नुहोस्:-