Monday, September 25, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हिन्दू र बौद्धको साझा तीर्थस्थल मुक्तिनाथ

बैशाख २८, २०७५ १:४३ मा प्रकाशित
हिन्दू र बौद्धको साझा तीर्थस्थल मुक्तिनाथ
Share on FacebookShare on Twitter

मुस्ताङ, मुक्तिनाथ, २८ वैशाख / हिमाल पारिको जिल्ला मुस्ताङमा रहेको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । यहाँ दर्शन गरेपछि मनोकांक्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका कारण वर्षेनी ठूलो संख्यामा दर्शनार्थी यस मन्दिरमा आउने गरेका छन् ।

मुक्तिनाथका स्थानीय समाजसेवी एवम् जनप्रिय युवा क्लबका अध्यक्ष सुरज गुरुङका अनुसार विशेषगरी चैत, वैशाख, जेठ, भदौ, असोज र कात्तिकमा यहाँ अत्यधिक दर्शनार्थी आउने गरेका छन् । दर्शन गर्न आउने पर्यटकमध्ये नेपाली र भारतीय नागरिक रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट सोही मार्गबाट हुँदै मनाङ जाने पर्यटक यही मुक्तिनाथ भएर जाने भएका कारण पनि यो स्थल पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

समुद्र सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा अवस्थित यस मन्दिरलाई हिन्दूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’)का रुपमा लिने गर्दछन् । यो तीर्थस्थल शालिग्राम भगवानका लागि प्रसिद्ध रहेको छ । शालिग्राम एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा श्रद्धापूर्वक पूजाआजा गरिन्छ । यो यही मुक्ति क्षेत्रस्थित कालीगण्डकी नदीमा पाइन्छ । मुक्तिनाथ अवस्थित क्षेत्रलाई मुक्तिक्षेत्रको नामले चिनिने मुक्तिनाथ मन्दिरका ब्राह्मण पुजारी कृष्ण सुवेदीले जानकारी दिनुभयो ।

“यो यस्तो क्षेत्र हो यहाँ दर्शन गरेपछि दर्शनार्थीलाई मोक्ष प्राप्त हुने विश्वास छ,” उहाँले भन्नुभयो, “मुक्तिनाथको दर्शन गर्न अत्यन्त कठिनताका बाबजुद पनि हजारौँ दर्शनार्थी यहाँ आउने गरेका छन् ।” मुक्तिनाथ क्षेत्रमा पाइने शालिग्राम (शिला)लाई भगवानका रुपमा पूजा गरिन्छ । शालिग्रामको उत्पत्ति प्रागऐतिहासिक कालमा पाइने किराको जीवाष्मबाट भएको मानिन्छ, जुन मुख्यतः टेथिस सागरमा पाइन्थ्यो ।

पौराणिक मान्यताअनुसार शालिग्राम शिलामा भगवान् विष्णुको निवास हुन्छ । यस सम्बन्धमा विभिन्न किंवदन्ती रहेका छन् । एक किंवदन्तीअनुसार भगवान् शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न नसकेका अवस्थामा भगवान् विष्णुले उनको मद्दत गरेका थिए । जालन्धरकी पत्नी वृन्दाले आफ्नो सतित्व बचाउँदासम्म जालन्धरलाई कसैले पनि पराजीत गर्न सक्दैनथ्यो । उक्त अवस्थामा भगवान् विष्णुले जालन्धरको रूप धारण गरेर वृन्दाको सतित्वलाई नष्ट गरे भने वृन्दालाई उक्त कुरा जानकारी हुँदासम्म शिवले जालन्धरको बध गरिसकेका थिए । आफ्नो सतित्व नष्ट गरेको आक्रोशमा वृन्दाले भगवान् विष्णुलाई शिला, रूख, झारपात र घाँस भएर जीवन व्यतित गर्नु परोस् भनेर श्राप दिएकी थिइन् । त्यही श्रापका कारण विष्णुले शिला (शालिग्राम), पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको किंवदन्ती छ ।

यसै स्थानमा भगवान् विष्णु शालिग्राम शिलामा निवास गर्ने विश्वासका आधारमा मुक्ति क्षेत्रलाई अत्यन्त पवित्र क्षेत्रका रुपमा लिने गरिएको छ । यस क्षेत्रलाई बौद्ध धर्मावलम्बीले पनि अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रुपमा लिने गरेको अर्का स्थानीयवासी दीनेशकुमार थकालीले बताउनुभयो ।

“मुक्तिनाथको दर्शनका लागि वर्षेनी ठूलो संख्यामा बौद्ध धर्मावलम्बी यहाँ आउने गरेका छन्,” उहाँले भन्नुभयो, “मुक्तिनाथकै बाटो भएर महान् बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारप्रसार गर्न तिब्बत गएका कारण यस क्षेत्रलाई बौद्ध मार्गीले अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रुपमा लिने गरेका छन् ।” मुक्तिनाथको पूजा गराउन मन्दिरको भित्र बौद्ध धर्म गुरु आनी रहन्छन् भने बाहिर ब्राह्मण पूजारीले पूजा गराउने गर्दछन् ।

मुक्तिनाथ मन्दिरको महिमा र गरिमा देश विदेशमा बढ्दै गएको बताउँदै उहाँले शनिबार हुन लागेको भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ दर्शन भ्रमण यसको ज्वलन्त उदाहरण भएको बताउनुभयो । यसअघि पनि भारतीय दर्शनार्थीको चाप बढ्ने गरेको मुक्तिनाथमा प्रधानमन्त्री मोदीको भ्रमणसँगै आगामी दिनमा अझै दर्शनार्थीको संख्या बढ्ने र यसको अन्तर्राष्ट्रिय रुपमा सबैको चासो र चर्चा रहने उहाँको भनाइ छ ।रासस

सम्बन्धित समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

भोलि स्टानफोर्डमा स्वर्णिम वाग्लेसँग अन्तरकृया
Breaking News

भोलि स्टानफोर्डमा स्वर्णिम वाग्लेसँग अन्तरकृया

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया
Slider

नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

क्यालिफोर्निया च्याप्टरका लागि हरी ओझा समूहको उम्मेदवारी घोषणा
Breaking News

क्यालिफोर्निया च्याप्टरका लागि हरी ओझा समूहको उम्मेदवारी घोषणा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result