कोरोनाभाइरसका कारण विश्वभर रहेका नेपालीहरुमा ७८ जनाको मृत्यु भएको छ। गैर आवासिय नेपाली संघ (एनआरएनए) अन्तर्गत रहेको स्वास्थ्य समितिले सो तथ्याङ्क उप्लब्ध गराएको हो ।
विश्वभरमा ५ हजार ४ सय चौहत्तर जना यो रोगबाट नेपाली संक्रमित भएका छन ।
अहिले सम्म बेलायतमा ५१ जना, अमेरिकामा १५ जना, युएईमा ६ तथा जापान, आएरल्याण्ड, टर्की, नेदर्ल्याण्ड, बहराइन र् स्विडेनमा एक-एक जनाको मृत्यु भएको छ ।
समितिका अनुसार रोगबाट अमेरिकाको न्यूयोर्कमा १२ जना, कोलोराडोमा २ जना र एक जनाको भर्जिनियामा मृत्यु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-