अमेरिका । टेक गुरुङ्ग नेतृत्वको प्रवासी नेपाली एकता मंच अमेरिकाले लिपुलेक सम्वन्धि विवादमा भारतले सुनुवाइ गरेर संयुक्त्त राष्ट्रसंघ मार्फत अन्तर्राष्ट्रिय करण गर्न माग गरेको छ । मंचका महासचिव शंकर पन्तद्वारा जारी विज्ञप्तिमा सरकारलाई व्यवहारमा नै देखिने गरि कुटनितिक पहल गर्न समेत अनुरोध गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,’ नेपाल सरकारलाई बिज्ञप्ती मार्फत आएका धारणा प्रतl हार्दिक सम्मान गर्दै व्यबहारमा देखिने गरl तत्काल कुटनितिक पहल गर्न अनुरोध गर्दछौ । यदी भारतले कुनै सुनवाइ नगरे युएन मार्फत समस्याको अन्तर्राष्ट्रियकरण गर्नु पर्ने र भबिस्यमा आधुनिक बन्द सिमानाको सोँच राख्नु पर्ने कुराको समेत माग गर्दै बन्द सिमाको ब्यबस्थाले सिमाको स्थायी समाधान र दुई देशको सम्बन्ध अरु सुमधुर हुने विश्वाश ब्य्क्त गर्दछौ ।’
मंचद्वारा जारी प्रेस बिज्ञप्तिको पूर्णपाठ
सामाजिक, धार्मिक तथा भौगोलिक हिसाबले नेपाल भारत सम्बन्ध सबै भन्दा नजिक छ । प्रवासी नेपाली एकता मंच अमेरिका, नेपाल- भारत सम्बन्ध समानताको आधारमा पारस्परिक हित तथा असल मित्रबतको रुपमा भएको हेर्न चाहन्छ । बिगतमा सिमा र सम्बन्ध को बिषयमा केही सन्देह भए पनि ति सबै समस्याहरु लाई तथ्य, अन्तरास्ट्रीय कानुन र कुटनितिक बार्ता द्वारा सक्दो छिटो समाधान गारिनु दुबै देशको लागि हितकर हुन्छ । गत बर्ष भारत द्वारा एक पक्षिय रुपमा नेपालको लिपु लेक र लिम्पियाधुरालाई समेत समाबेश गरी भारतीय नक्सा सार्वजनिक गरिएको र हाल नेपाली भुभाग समेत मिचेर हिन्दूहरुको तिर्थ्स्थल मानसरोबर (कैलाश पर्बत ) जाने बाटो खोलिएको कुराले आम नेपालीहरुलाई असहिय आघात पुगेको छ ।
कुनै पनि देश ठुलो या सानो धनी या गरीब लाई उसको आफ्नो सिमा सुरक्षा तथा भौगोलिक अखन्डतालाई अक्षुक्ण राख्ने मौलिक अधिकार उसैमा निहित हुन्छ । मार्च 4, 1816 मा बेलायति इस्ट ईन्डिया कम्पनी सँग भएको सुगौली सन्धि र जुलाई 31,1950 मा भएको भारत सँगको असमान सन्धि पनि नेपाली जनताको मानस पटलमा जिबित छन । हामी भारतद्वारा देखाइएका हेपाहा र मिचाहा प्रबिर्ती प्रती खेद प्रकट गर्दै उसलाई ति प्रबिर्तीहरु छोड्न र असल मित्रको रुपमा व्यबहार गर्न अनुरोध गर्दछौ । साथै नेपाल सरकारलाई बिज्ञप्ती मार्फत आएका धारणा प्रती हार्दिक सम्मान गर्दै व्यबहारमा देखिने गरी तत्काल कुटनितिक पहल गर्न अनुरोध गर्दछौ । यदी भारतले कुनै सुनवाइ नगरे UN मार्फत समस्याको अन्तरास्ट्रीयकरण गर्नु पर्ने र भबिस्यमा आधुनिक बन्द सिमानाको सोँच राख्नु पर्ने कुराको समेत माग गर्दै बन्द सिमाको ब्यबस्थाले सिमाको स्थायी समाधान र दुई देशको सम्बन्ध अरु सुमधुर हुने विश्वाश ब्य्क्त गर्दछौ ।
शंकर पन्त
महासचिब
प्रवासी नेपाली एकता मंच अमेरिका
प्रतिक्रिया लेख्नुहोस्:-