अमेरिका । युएस नेपाल पोलिसि रिसर्च सेन्टरले लिपुलेक हुदै चिनको तिब्बत जोड्ने सडक भारतले उदघाटन गरेको विषय- “नेपालको सार्वभौमिकतामा प्रहार” भन्दै उक्त कदमको निन्दा गरेको छ ।
सेन्टरका अध्यक्ष डाक्टर राजन पन्त र कार्यकारी सचिव डाक्टर सुमन पराजुलीद्वारा संयुक्तरुपमा प्रकासित विज्ञप्तिमा यो विवाद सल्टाउन कुटनैतिक कदम चाल्न पनि आग्रह गरिएको छ । ‘भारतले उसबाट गरेका गल्ती सच्याउन लगाउने किसिमले नेपालले कुटनितिक पहलकदमी लिन नेपाल सरकार संग युएस नेपाल पोलिसी रिसर्च सेन्टर आव्हान गर्दछ ।’
भारतले एकतर्फी रुपमा ६ महिना अघि जारी गरेको नक्सा स्विकार्यताको विषय नटुङिदै नेपालको जमीनमा १९ किमी सडक बनेको छ र त्यस भुमीलाई आफ्नो दावी गरी सकेको छ भन्दै विज्ञप्तिमा भनिएको छ, ‘भारत र चिनबिच लिपुलेकपास हुँदै ब्यापारिक र धार्मिक मार्गको निर्णय र निर्माणमा नेपालको कुनै भूमिका नहुनु र नेपाल सरकारका निकायहरुले आफ्नो भुभागमा वर्षौं देखि बिदेशीले सडक निर्माण गरी रहेको विषय थाहा नपाउनु वा सार्वजनिक नगरिनुमा मुलत सरकारकै लाचारी देखिन्छ ।’
‘वर्षौ देखि पटकपटक सीमा र नेपाललाई मर्का पार्ने काम भारततर्फबाट भए गरेका जती पनि नयाँ पुराना सबै विषय टुङ्याउने ढंगले नेपालको सरकारले प्राथमिकतामा राख्न पनि युएस नेपाल पोलिसी रिसर्च सेन्टर आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-