काठमाडौं । सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर हप्तामा शनिबार र आइतबार बिदा दिन सकिने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयले सोमबारदेखि शुक्रबारसम्म १० बजेदेखि ४ बजेसम्म विद्यालय समय कायम गरेर वार्षिक २० दिन अन्य बिदा कटौती गरे पाठ्यक्रम तोकेको पाठ्यघण्टा पूरा गर्न सकिने निष्कर्ष निकालेको हो ।
बर्खे, हिउँदे र स्थानीय बिदा कटौती गरेर आइतबार क्षति पुगेको पाठ्यघण्टा पूरा गर्न सकिने शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए । ‘आइतबार बिदा दिएर शुक्रबार ४ बजेसम्म कक्षा संचालन गर्दा साप्ताहिकरुपमा ३ घण्टा पुग्दैन, अपुग समय पूरा गर्न वर्षभरिका २० दिन बिदा कटौती गरेर कक्षा संचालन गर्नुपर्छ ।’
स्थानीय तहले आफू अनुकूल बर्खे, हिउँदे, स्थानीय, दसैं, तिहारलगायत चाडपर्व बिदाको दिन विद्यालय खोलेर पठनपाठन गराउन सक्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-