काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले दातृ निकायलाई नेपालमा दिने अनुदान बढाउन आग्रह गरेका छन् । उनले
नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटका विषयमा विहीबार भएको छलफलका क्रममा यस्तो आग्रह गरेका छन् ।
छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगम जस्ता बहुपक्षीय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, जापान, कोरिया, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी लगायतका द्विपक्षीय विकास साझेदार संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-